
महेन्द्रनगर । बैतडीमा एक युवतीको घाटीमा धारिलो हतियार प्रयोग गरी विभत्स हत्या गरेको पाइएको छ भने १५ वर्षीय बालिका घाइते अवस्थामा भेटिएकी छन् ।
मृत फेला पर्नेमा पञ्चेश्वर गाउँपालिका ४ का धनी लुहारकी २१ वर्षीय छोरी माया लुहारको घाटी रेटी हत्या गरेको अवस्थामा शव फेला परेको हो, भने पञ्चेश्वर ४ कै भरत लुहारकी १५ वर्षीय छोरी नेहा लुहारको घाटीमा धारिलो हतियार प्रयोग गरी गम्भिर घाइते बनाएको अवस्थामा भटिएकी छन् ।
मृत फेला परेकी मायाको आधा घाटी रेटेर हत्या गरेको अवस्थामा शव भेटिएको घटनास्थलमा रहेका प्रहरीले जनाएका छन् । घटनाको बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी लोकराज जोशीले जानकारी दिए ।
घाइते अवस्थामा भेटिएकी नेहलाई उपचारका लागि धनगढी लगिएको आफन्तले बताएका छन् ।
घटनाबारे थप विवरण आउन बाकीँ रहेको छ ।
