दोधारा चाँदनीमा भारतबाट अबैध रुपमा कुखुरा तस्करी हुँदै

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको दोधाराचाँदनीमा भारतबाट कुखुरा तस्करी भईरहेका छन । दैनिक सयौँ कुण्डल कुखुरा तस्करी भईरहेका छन । प्रतिबन्धीत कुखुरा भारतबाट दोधाराचाँदनी नाका भएर समाधन तस्करी हुन थालेपछि स्थानीय कुखुरा पालक किसान मारमा परेका छन ।

भारतबाट कुखुरा तस्करी हुन थालेपछि उनीहरुले खोरमा पालेका कुखुरा बिक्रि वितरण नभएपछि समस्यामा परेका छन । उनीहरुले सीमा क्षेत्रमा रहेका सशस्त्र प्रहरी र प्रहरीको मिलोमतोमा तस्करी भईरहेको भन्दै नियन्त्रण गर्न माग अघि सारेका छन ।

भारतबाट नेपाल भित्रिने कुखुरा सशस्त्र प्रहरी र प्रहरीले नियन्त्रण गर्न छाडेपनि स्थानीय कुखुरा पालक किसानले नै तस्करीका कुखुरा बरामद गरेर प्रहरीलाई बुझाएका छन ।

दोधाराचाँदनी नगरपालिका १ का स्थानीय कुखुरा पालक किसान नरेश गिरीले भारतबाट दुई मोटरसाईकलमा आईरहेका कुखुरा सशस्त्र प्रह्री र प्रहरीले बरामद नगरेपछि आफुहरुले बरामद गरेर प्रहरीलाई बुझाएको छ ।

सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरी र प्रहरीले तस्कर समुहबाट अवैध रकम अशुलेर निर्वाद रुपमा कुखुरा तस्करी गर्न छुट दिएको भन्दै उनले भत्र्सना गरेका छन ।

मोटरसाईकल सहित किसानले बरामद गरेका कुखुरा ईलाका प्रहरी कार्यालय दोधाराले भन्सारमा बुझाईएको छ । ईप्रका दोधाराका इन्चार्ज अर्जुन सिह साउदले बरामद गरिएका कुखुरा सहित मोटरसाईकल भन्सार बुझाईएको बताए ।

ताजा समाचार

सम्बन्धित समाचार