
महेन्द्रनगर । कञ्चनपुरको सीमावर्ती टनकपुर बजार क्षेत्रबाट भारतीय प्रहरीले चरेशसहित एक नेपाली युवालाई पक्राउ गरेको छ ।
चम्पावत प्रहरीका अनुसार झण्डै तीन किलो चरेशसहित कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्ला मुसेट्टीका २० वर्षीय करमसिंह ठगुन्ना पक्राउ परेका छन् ।
‘नशामुक्त अभियान’ अन्तर्गत चेकजाँचमा रहेको प्रहरीले चरेश तस्करी गरिरहेको अवस्थामा ठगुन्नालाई पक्राउ गरी कानूनी कारबाही अगाडि बढाएको त्यहाको प्रहरीले जनाए ।
