Saturday, July 27, 2024

धनगढीमा ‘सुदूरपश्चिम महोत्सव’ हुँनेः उद्घाटनमा प्रधानमन्त्री देउवालाई निमन्त्रणा

प्रकाशित:

धनगढी । २०६३ सालदेखि नियमित रुपमा धनगढीमा लाग्दै आएको ‘सुदूरपश्चिम महोत्सव’ दुई वर्ष कोरोना भाइरसका कारण प्रभावित बन्न पुग्यो।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

हरेक वर्ष मंसिर २२ देखि पौष २ गतेसम्म चल्ने महोत्सवको तयारी यस वर्ष भने तीव्र रुपमा भइरहेको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर १ को पशुपति टोलमा लाग्ने महोत्सव आयोजनाका लागि महोत्सव स्थल सजावटको काम भइरहेको छ।

सुदूरपश्चिमको विशेष पर्वको रुपमा स्थापित हुँदै आएको महोत्सव उद्घाटनका लागि प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेरै निमन्त्रणा गरिएको आयोजक कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले जानकारी गराए। ‘हामी अहिले काठमाण्डौँमै छौँ, सम्माननीय प्रधानमन्त्री ज्युलाई भेटेरै २२ गते उद्घाटन हुने महोत्सवको प्रमुख अतिथिका लागि आमन्त्रण गरिसकेका छौँ। प्रायोजक सह–प्रायोजक खोज्ने काम पनि जारी छ,ु उनले भने।

मंसिर २२ गते उद्घाटन हुने महोत्सवका लागि कैलाली उद्योग वाणिज्य संघको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेरै निमन्त्रणा गरिसकेकाले बाँकी तयारीको काम भइरहेको बताइएको छ। महोत्सव स्थलमा व्यावसायिक प्रयोजनका करिब ५ सय स्टल निर्माणको काम भइरहेको छ।

 

ताजा समाचार

सम्बन्धित समाचार