
महेन्द्रनगर । शनिबार सरकारी निवासमा मदिरा सेवन गरी वितण्डा मच्चाएको भन्दै नेपाल कम्युनिष्ट पार्टीले कैलालीको घोडाघोडी नगरपालिकामा तालाबन्दी गरिएको छ ।
कार्यपालिका बैठक चलिरहेका बेला नगरपालिकामा तालाबन्दी गरेपछि कर्मचारी र जनप्रतिनिधि भित्रै थुनिएका छन् । मादक पदार्थ सेवन गरी सरकारी क्वाटरमा तोडफोड गरेको लगायत ४ बुँदे माग राख्दै तालाबन्दी गरिएको हो ।
नेकपाले गिट्टी, बालुवामा टेन्डर नगरी मनोमानी गरेको, त्यसबाफत रकम असुल गरेको, नगरपालिकामा भ्रष्टाचार बढाएको भन्दै तालबन्दी गरेको जनाएको छ ।
