Saturday, July 27, 2024

कैलालीको घोडाघोडी नगरपालिकामा हाकिम सहित जनप्रतिनिधिको मदिरा पार्टीमा विवाद

प्रकाशित:

महेन्द्रनगर । कैलालीको घोडाघोडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत र जनप्रतिनिधिको ‘मदिरा पार्टीमा’ विवाद भएको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

शनिबार राति नगर प्रमुख रावतसहित केही वडाका अध्यक्षले प्रमुख प्रशासकीय अधिकृत आचार्यको सरकारी निवासमा मदिरा सेवन गरेका थिए ।

प्रमुख प्रशासकीय अधिकृत दीपककुमार आचार्यको सरकारी क्वार्टरमा गरिएको ‘मदिरा पार्टीमा’ नगर-प्रमुख खडकबहादुर रावत र उनीबीच विवाद भएको थियो ।

इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक लक्ष्मण शाहीले क्वार्टर नजिकै रहेको होटल माछा घरमा जम्मा भएका मेयरसहितका केही वडाका अध्यक्षहरुसँग आचार्यले आफ्नो क्वार्टरमा लगेर पुनः खानपिन गरेको सुनिएको बताए ।

घटनाबारे आधिकारीक रुपमा जानकारी प्राप्त नभएपनि सोही क्रममा प्रशासकीय अधिकृतको निवासमा मदिरा सेवनपछि वादविवाद भएको सुनिएको बताए ।

प्रशासकीय अधिकृत आचार्यले आफ्नो निवासमा लगेर अपशब्द बोलेपछि विवाद हुँदा वडा नम्बर १ का अध्यक्ष घनश्याम ओझाले लात्ता प्रहार गर्दा टेबुल फुटेको बुझिएपनि कुनै पक्षले घटनाबारे औपचारिक रुपमा जानकारी नदिएको उनले बताए ।

उनले विवादका क्रममा हातपात भने नभएको भन्ने बुझिएको बताए । नगरपालिकाकी उप-प्रमुख गुलिया चौधरीले आपसी खानपिनपछि विवाद भएको बताइन् ।

ताजा समाचार

सम्बन्धित समाचार