Saturday, July 27, 2024

दोधारा चाँदनीमा झोलुङ्गे पुलबाट लडेर एक जनाको मृत्यु

प्रकाशित:

भुपेन्द्र ओली ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

हेल्थपोष्ट । दोधारा चाँदनीमा झोलुंगे पुलबाट लडेर एक जनाको मृत्यु भएको छ। दोधारा चाँदनी नगरपालिका वार्ड न. ७ निवासी अन्दाजी ६५ वर्षीय अमृता ठकुरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय दोधारा चाँदनीले जनाएको छ ।

कञ्जभोज स्थित झोलुंगे पुलमा शानिवार बिहान ५ बजे तिर हिन्ने क्रममा लडेर उनको मृत्यु भएको प्रहरीले बताएको छ ।
बिहानै स्थानीयवासीले झोलुंगे पुलमा लडेको अवस्थामा शव फेला परेको परिवार स्रोतले जनाएको छ ।

मृतक ठकुरीको शव परीक्षण गर्न दोधारा प्राथमिक स्वास्थ्य चौकीमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दोधारा चाँदनीले जानकारी दिएको छ । मृतकको मानसिक स्थिति सन्तुलित नरहेको स्थानीय बताउछन् ।

दोधारा चाँदनी नगरपालिका वार्ड नं. ७, कन्चभोज स्थित झोलुंगे पुल जिर्ण भएकले ठकुरीको मृतु भएको स्थानीयको आरोप छ। वार्डमा ४ लाइनको पक्कीपुल भनेपछि स्थानीय सरकाले सो झोलुंगे पुलमा ध्यान नदीको कारणले ठकुरीको मृतु भएको परिबको गुनासो रहेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार