Saturday, July 27, 2024

घरको छतबाट खसेर एक जनाको मृत्यु

प्रकाशित:

महेन्द्रनगर । बैतडीमा घरको छतबाट खसेर एक जनाको मृत्यु भएको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

जिल्लाको डिलासैनी गाउँपालिका ३ गिरीबगड बस्ने ४९ वर्षीय धनी लुहारको घरको छतबाट लडेर बुधबार राति मृत्यु भएको हो ।

डिलासैनी गाउँपालिका ३ बगडी आफ्नो बहिनी धनमती लुहारको घरको छतबाट लडेर गम्भीर घाइते भएका उनको गोकुलेश्वर अस्पताल दार्चुलामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार