Advertisements
Advertisements
२०८० जेष्ठ २५, बिहीबार |
Thursday, June 8, 2023

कञ्चनपुरमा निर्वाचनको सम्पूर्ण तयारी

प्रकाशित:

Advertisements

महेन्द्रनगर । आइतबार हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनावको सम्पूर्ण तयारी पूरा भएको छ । बिहान ७ बजेबाट मतदान प्रक्रिया सुरु हुनेछ ।

जिल्लाका १ सय ३२ वटै मतदानस्थलमा मतदान केन्द्र निर्माणको काम भइरहेको जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरका प्रमुख उदयराज जोशीले बताए।

‘निर्वाचनको सम्पूर्ण तयारी पूरा भैसकेको छ,’ उनले भने, ‘आज मतदान केन्द्र निर्माणको काम अन्तिम चरणमा छ ।’ निर्वाचन अधिकृतसहित निर्वाचन सामग्री लिएर सुरक्षाकर्मी मतदानस्थलमा पुगिसकेको उनको भनाई छ । ‘सबै मतदानस्थलमा सुरक्षाकर्मी र कर्मचारीहरु आवश्यक सबै सामाग्रीसहित पुगिसकेका छन्,’ उनले भने ।

कञ्चनपुरमा चुनावका लागि सुरक्षा तयारी पूरा भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामसिंह चौधरीले बताए । उनका अनुसार निर्वाचन शान्तिपूर्वक सम्पन्न गर्नका लागि कञ्चनपुरमा २ हजार बढी सुरक्षाकर्मी खटिएका छन् ।May be an image of 6 people, people standing and outdoors

‘चुनावका लागि सुरक्षा व्यवस्था मजबुत पारिएको छ, सीमा नाका सिल गरिएको छ’, उनले भने, ‘सुरक्षा योजना बनाएर प्रहरी, म्यादी, सशस्त्र र नेपाली सेना संयुक्तरूपमा खटिएका छन् ।’ एक हजारभन्दा बढी प्रहरी र प्रहरीको सहायताका लागि एक हजार सात सय म्यादी प्रहरी परिचालन भएका छन् ।

‘३ घेरामा सुरक्षा व्यवस्था मिलाइएको छ, पहिलो घेरामा प्रहरी र म्यादी प्रहरी, दोस्रो घेरामा सशस्त्र र त्यसभन्दा बाहिर सेनाले सुरक्षा दिनेछ,’ उनले भने। मोबाइल टोली र ‘रिजर्भ फोर्स’समेत तयारी अवस्थामा राखिएको उनले बताए ।

जिल्ला प्रहरी कार्यालयले सुरक्षाको दृष्टिकोणले मतदानस्थललाई अतिसंवेदनशील, संवेदनशील र सामान्य गरेर तीन भागमा वर्गीकरण गरी संयुक्त सुरक्षा योजना लागू गरेको छ ।

‘तत्काल त्यस्तो सुरक्षा चुनौती खासै छैन, राजनीतिक दलबीच हुनसक्ने झडप तथा विवादलगायत चुनाव बहिष्कार समूहलाई चुनौतीका रूपमा लिएर सोहीअनुसार सुरक्षा मिलाएका छौं’, उनले भने, ‘बहिष्कार समूहमाथि सूक्ष्म निगरानी बढाएका छौं ।’May be an image of 2 people, people standing and outdoors

प्रतिनिधिसभाका ३ क्षेत्र रहेको कञ्चनपुरमा ३ लाख २ हजार ५ सय ९ मतदाता छन् । क्षेत्र नं १ मा ९१ हजार १ सय १०, २ मा १ लाख ५ हजार ५ सय ७७ र ३ मा ९७ हजार ८ सय २२ मतदाता छन् ।

कञ्चनपुरमा १ सय ३२ मतदानस्थल र ३ सय ४६ मतदान केन्द्र रहेका छन् । एक मतदान केन्द्रमा ८ जनाका दरले २ हजार ७ सय ६८ कर्मचारी परिचालन गरिएको छ । कारागारका कैदीबन्दी र कर्मचारीका दुई वटा अस्थायी मतदान केन्द्र राखिएका छन् ।

Advertisements

 

ताजा समाचार

Advertisements

सम्बन्धित समाचार