२७ वर्षीया महिला बलात्कृत

प्रकाशित:

महेन्द्रनगर । भक्तपुरमा २७ वर्षीया महिला बलात्कृत भएकी छिन् । ती महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा भक्तपुर चाँगुनारायण नगरपालिका–२ दुवाकोट बस्ने ३६ वर्षीय सुरेन्द्र प्रधानलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रधानले २०७८ चैत ३० गतेदेखि विभिन्न स्थानमा र अन्तिम पटक गत कात्तिक १० गते मध्यपुर ठिमी नगरपालिका–३ गठ्ठाघरस्थित पीडितकै कोठामा जबरजस्ती करणी गरी फरार भएको उजुरीको आधारमा प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनलाई काठमाडौं डिल्लीबजारबाट पक्राउ गरेको हो ।

घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार