Thursday, April 25, 2024

करेन्ट लागेर ६५ वर्षिया वृद्ध महिलाको मृत्यु

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं. १९ मा करेन्ट लागेर ६५ वर्षिया वृद्ध महिलाको मृत्यु भएको छ ।

बिहिबार साझँ ४:३० बजेको समयमा रुखमा चढेर स्याउला काट्ने क्रममा बिजुलीको तार रुख नजिक भएकोले करेन्ट लागेर ६५ वर्षिया वृद्ध महिला कलशा बिष्टको मृत्यु भएको त्यहाँका स्थानिय बासिन्दाहरुले बताए ।

मृतकको शवपरीक्षणका लागी कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालमा लगिएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार