Advertisements
Advertisements
२०८० जेष्ठ २५, बिहीबार |
Thursday, June 8, 2023

नवजात शिशुको हत्या गरेको आरोपमा आमा पक्राउ

प्रकाशित:

Advertisements

महेन्द्रनगर । सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका-५ कल्लेरी बस्ने २२ वर्षीया रबिना तामाङलाई नवजात शिशुको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

मंगलबार राति साढे ८ बजे रबिनाले छोरालाई जन्माएपछि घाँटी थिचेर हत्या गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी शिवकुमार डिएसपी बुढाथोकीले बताए ।

हत्यापछि घरभन्दा ५० मिटर टाढा रहेको सार्वजनिक खरबारीमा दुई फिट खाडल खनेर उनले शिशुलाई पुरेकी थिइन् ।शिशुको हत्यापछि पुरेको भन्ने खबर पाएपछि इलाका प्रहरी कार्यालय हेलम्बुबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।

शवको पोष्टमर्टमको लागि अस्पतालमा पठाएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार रबिनाका श्रीमान तीन वर्षदेखि विदेशमा छन् ।

Advertisements

 

ताजा समाचार

Advertisements

सम्बन्धित समाचार