Saturday, July 27, 2024

विजय भएको एक महिनामा बनरा-दोदा नदीमा पक्की पुलको ठेक्का गराउँछुः एनपी साउद

प्रकाशित:

महेन्द्रनगर । नेपाली कांग्रेसका नेता तथा कञ्चनपुर–२ का प्रतिनिधिसभा सदस्य उम्मेदवार एनपी साउदले एक महिनाभित्र ठेक्का सम्झौता गर्न प्रतिबद्धता व्यक्त गरेका छन् । शुक्लाफाँटा नगरपालिका–१२ मा मंगलबार बनरा-दोदा बाढीपीडित संघर्ष समितिका पदाधिकारी तथा पीडितहरुसँग कुरा गर्दै नेता साउदले एक महिनाभित्र उक्त नदीमा पक्की पुलका लागि ठेक्का सम्झौता गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

उनले यश खोलामा तटबन्ध निर्माण गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका हुन्। नेता साउदले विगत पाँच वर्षमा जनताले गरेको मतदानको एमालेबाट निर्वाचित सांसदले खेर फालेको पनि नेता साउदले बताए। उनले गठबन्धनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गरेको दुई काम गर्दै नगर्ने बताएका छन्।

कञ्चनपुर–२ मा पर्ने आयोजित चुनावी भेलालाई सम्बोधन गर्दै उनले सत्ता गठबन्धनले संसद् भंग नगर्ने र गठबन्धनलाई पाँच वर्षसम्म कायम राख्ने बताएका हुन्। ‘निर्वाचन पछि जितेर गए हामी केपी शर्मा ओलीले गरेका दुई काम गर्ने छैनौं,’ नेता साउदले भने, ‘जनताप्रति प्रतिबद्ध हुनुपर्ने संसद् भंग गर्ने छैनौं,’ उनले भने, ‘पाँच वर्षसम्म गठबन्धन कायम राख्ने छौं।’

सत्ता गठबन्धन पाँच वर्षसम्म कायम रहे मुलुकमा स्थिरता हुने र विकास निर्माणका कामले गति लिने साउदले जिकिर गरे। उनले नेकपा एमालेका अध्यक्ष ओलीले संविधान र कानुन मान्न छाडेको पनि टिप्पणी गरेर ‘ओलीजीले आफ्नै पार्टीका नेताहरुलाई पनि राख्न सक्नु भएन।

उहाँले संविधान र कानुन मान्न छोड्नु भएको छ,’ साउदले भने, ‘संवैधानिक आयोगमा आफूअनुकुलका व्यक्ति नियुक्त गर्नका लागि संवैधानिक परिषद्मा ६ जनामा तीन जना नै बहुमत पुर्याउने व्यवस्था गर्नुभयो।’ कांग्रेस सभापति शेरबहादुर देउवा संविधान र संसद जोगाउन प्रधानमन्त्री बन्नु परेको उनको भनाइ थियो।

‘शेरबहादुर देउवाले प्रधानमन्त्री बन्दिन भन्दाभन्दै देश, संविधान र संसद जोगाउनका लागि प्रधानमन्त्री बन्नुभयो। ओली सरकारले कोरोनाकालमा भ्रष्टाचार गरेर जनतालाई त्रासपूर्ण अवस्थामा राखेको थियो,’ उनले भने, ‘देउवा प्रधानमन्त्री बनेपछि कोरोना खोप लगाएर जनता जोगाउने काम गर्नुभयो। यो गठबन्धन त्यसै बनेको होइन।’

 

ताजा समाचार

सम्बन्धित समाचार