Advertisements
Advertisements
२०८० जेष्ठ २५, बिहीबार |
Thursday, June 8, 2023

कञ्चनपुर-२ मा एमालेबाट दुई सय भन्दा बढी नेता कार्यकर्ता कांग्रेस प्रवेश

प्रकाशित:

Advertisements

महेन्द्रनगर । कञ्चनपुरको क्षेत्र नम्बर २ मा नेकपा एमालेका २०० भन्दा बढी नेता९कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

कञ्चनपुरको कृष्णपुर नगरपालिका ९६ मा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा कञ्चनपुर क्षेत्र नम्बर २ बाट सत्ता गठबन्धनका उम्मेदवार एनपी साउदले एमालेका २०० भन्दा बढी कार्यकर्तालाई प्रवेश गराएका हुन्।

नेता साउदले नेकपा एमालेका नगर कमिटी र वडा कमिटीमा रहेका नेता कार्यकर्ताहरुलाई कांग्रेसमा प्रवेश गराएका हुन्।
नेता साउदले यश क्षेत्रको विकासको जिम्मेवारीमा हिस्सेदार बनेकोमा खुसी लागेको बताए। उनले भने, ुकञ्चनपुरको समग्र विकासको नेतृत्व नेपाली कांग्रेसले गरिरहेको छ।

एमाले परित्याग गरेका नेता कार्यकर्ता भन्छन, ‘पार्टीलाई ओली कम्पनी बनायो, त्यहाँ हामी अटाएनौँ, यता आएका हौँ । कम्युनिष्टका नाममा राजावादीसंग साँठगाठ गरेर मुलुकमा फेरी एकात्मक राजतन्त्रात्मक शासन ल्याउन दाउमा एमाले देखियो ।

Advertisements

ताजा समाचार

Advertisements

सम्बन्धित समाचार