Saturday, April 20, 2024

अध्यक्ष बिष्ट बिरुद्ध एमालकै युवा नेताहरुः भन्छन्, ‘भ्रष्टाचारीलाई बहिस्कार गरौं’

प्रकाशित:

महेन्द्रनगर । नेकपा एमाले कञ्चनपुरका अध्यक्ष तथा कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ (२) बाट प्रदेश सभा सदस्यका उम्मेदवार रहेका सुरेन्द्र बिष्ट बिरुद्ध उनकै पार्टीका युवापंक्ति तथा राष्ट्रिय युवा संघका हस्तिहरु खुलेर बिरोधमा उत्रिएका छन् ।

एमालेकै युवा नेताहरु आफ्नै पार्टीका अध्यक्ष्य बिष्ट भ्रष्टाचारी भएकोले सबैले बहिस्कार गर्नुपर्ने आरोप लगाउदै आएका छन् । उनीहरुले बिष्ट बिरुद्ध अख्तियारमा परेका मुद्धाहरुलाई आधार मानेर भ्रष्टाचारको आरोप लगाईरहेका छन् ।

हिजो काम बिषेशले आफु अख्तियार दुरुपयोग अनुसन्धानको कार्यालय गएको र त्यहा बुझ्दा भीमदत्तका निवर्तमान मेयर तथा कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ (२) बाट प्रदेश सभा सदस्यका उम्मेदवा बिष्ट बिरुद्ध दर्जनौं भ्रष्टाचारका मुद्दा परेकोमा कतिपय मुद्दाहरु बिस्तृत अनुसन्धानमा गईसकेको उल्लेख गर्दै नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ सुदूरपश्चिम प्रदेश सह इञ्चार्ज मिलन बहादुर सिंहले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो अभिव्यक्ति दिएका छन् ।

पार्टिमा जालझेल गरि, गलत प्रवृतीबाट पार्टीको कार्यकर्तालाई गुमराहमा राखि दलाली जालझेल गरि टिकट ल्याएर जनता लाइ बर्बाद गर्न झुक्याउन लागेको भन्दै अध्यक्ष बिष्ट बिरुद्ध सह इञ्चार्ज सिंह लगायतले सामाजिक सञ्जाल फेसबुकबाट बिरोध जनाएका छन् ।

सह इञ्चार्ज सिंहले फेसबुकमा लेखेका छन्, ‘भीमदत्त नगरपालिकालाई समृद्ध बनाइ अब दोधरा चादनीलाई नि समृद्ध बनाउन लागेको देखिन्छ । अब भीमदत्तमा केहि गर्नु बाँकि रहेन् । सबै कुरा बनाइ सकेछन् ।’ उनी अगाडी लेख्छन्, ‘म राष्ट्रिय युवा संगठनका नेता कार्यकर्तालाई आम जनसमुदाय पार्टिका नेता कार्यकर्ताहरुलाई भ्रष्टाचारी बहिस्कार गर्न सादर निबेदन गर्न चाहन्छु ।’

त्यस्तै एमालेकै युवा नेता जेम्स क्षेत्रीले पनि अध्यक्ष बिष्टको बिरोध गर्दै फेसबुकमा देखेका छन्, ‘अख्तियार दुरुपयोग अनुसन्धान कंचनपुरबाट प्रमाणित भईसकेका ब्यक्तिको नेतृत्वमा चुनावको मुखमा चाटुकार परिचालन भएर दुसप्रचारमा लागेका छन ।’ युवा नेता क्षेत्री अझै थप्छन्, ‘विकास गर्न नसकेपछी चुनाव जिताउने र महाकाली रोयल्टीको ठेक्का अब चाटुकारले लिऐका छन, जिज्ञासा सन्दर्भः ३(ख) ।’

त्यस्तै एमालेको युवा संघ शुक्लाफाँटाका अध्यक्ष नरेश साउदले पाटी परित्याग गरेको घोषणा गरेका छन् । पाँच बर्ष सरकारमा रहेका छोटे केपीहरुले अर्को पाँच बर्ष पाए हाम्रो रगत नै चुस्छन भन्ने अभिव्यक्ति सहित एमालेका युवा नेता साउँदले पार्टी परित्यागको घोषणा गरेका छन् ।

यसरी एमाले युवा नेताहरु आफ्नै नेतृत्वको बिरुद्धमा उत्रिएका छन्, भने पाटी परित्यागको समेत लहर चलेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार