Thursday, March 28, 2024

दोधारा चाँदनीमा म्यादी प्रहरी र स्थानीय बिच झडप हुँदा एक महिला घाइते

प्रकाशित:

भुपेन्द्र ओली ।
दोधारा । दोधारा चाँदन नगरपालिका–६ हेल्थ पोष्टमा प्रहरी म्यादी प्रहरी र स्थानीय बीच झडप हुँदा एक महिला घाइते भएकी छिन् । बिहिबार साँझ बाटोमा भिड नगर्ने बिषयलाई लिएर विवाद सुरु भएको थियो । उक्त विवादले झडपको रुप लिदा दोधारा चाँदनी की अन्दाजी ३५ वर्षिय मिना थापा घाइते भएकी छिन् ।

घाइते महिलालार्इ उपचारका लागि दोधारा प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि महाकाली प्रादेशिक अस्पताल रिफर गरिएको घाइतेका आफन्तले बताए । स्थानीय र प्रहरी बीच किन झडप भएको हो भन्ने थप विवरण आउन बाँकी छ।

ताजा समाचार

सम्बन्धित समाचार