Thursday, April 18, 2024

को हुन्, नेता रमेश लेखक ? चुनाव जिताउनु किन आवश्यक छ ?

प्रकाशित:

महेन्द्रनगर । नेपाली कांग्रेसका नेता तथा कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ का उम्मेदवार हुँन, रमेश लेखक । लोकतान्त्रिक वाम गठबन्धनका साँझा उम्मेदवार लेखक सरल स्वाभावका व्यक्ति हुन् ।

बैतडीमा २०२० सालमा जन्मेका नेता लेखकको प्रारम्भिक शिक्षा त्यहिका विभिन्न विद्यालयहरुमा भयो । कक्षा ५ देखि १० सम्म महेन्द्रनगरको बैजनाथ माद्यमिक विद्यालयमा नेता लेखकले अध्ययन गरे । उच्च शिक्षा अर्थात ‘प्लस टु’ मा नेता लेखकले विज्ञान पढ्ने निधो गरे । त्यति बेला विज्ञान अध्ययनका लागि महेन्द्रनगरको एकमात्रै विद्यालय थियो, सिद्धनाथ विज्ञान क्याम्पस । नेता लेखकले उक्त विद्यालयबाट बायोलोजी बिषयमा आइएस्सीको अध्ययन पुरा गरे ।

नेता लेखकको राजनीति त्यहि सिद्धनाथ विज्ञान क्याम्पसबाटै सुरु भयो । उनले नेपाल विद्यार्थी संघको राजनीति गर्न थाले । ०३७ मा आइएस्सी पढ्दै गर्दा नेता लेखकले नेविसंघको तर्फबाट स्ववियू सभापतिमा चुनाव लडे र पराजित भए ।

फेरि उच्च शिक्षा अध्ययनका लागि नेता लेखक भारतको लखनँउ विश्वविद्यालय पुगे । उनले त्यहाबाट बिए, एमए र एलएलबी (कानून) को अध्ययन पुरा गरेर नेपाल फर्किए । अध्ययन पुरा गरेर महेन्द्रनगर फर्केका नेता लेखकले आफ्नै ल–र्फममा समेत काम गरे ।

महेन्द्रनगरमा नेता लेखकले कानूनी व्यवसाय, पत्रकारिता र शिक्षण पेशा समेत संगसंगै अगाडी बढाए । त्यस समयमा नेता लेखकले महाकाली सप्ताहिक पत्रिकाको कार्यकारी सम्पादक रहेर समेत काम गरेका छन् । त्यस्तै उनले महेन्द्रनगरमा रहेको तत्कालिन सिद्धनाथ बहुमुखी क्याम्पसमा इतिहास, वाणिज्य र कानून संकायमा अध्यापन पनि गरे ।

०४८ सालमा नेता लेखक नेपाली कांग्रेस कञ्चनपुरको जिल्ला सचिव भए । ०४८ देखि ०५६ सम्म नेता लेखक कांग्रेस कञ्चनपुरको दुई कार्यकाल सचिव रहेर काम गरे । यसरी नै महेन्द्रनगरमा विभिन्न क्षेत्रहरुमा अग्रसर रहदै समाज सेवा र राजनीतिलाई अगाडी बढाएका उनले ०५६ मा पहिलो पटक प्रतिनिधि सभा सदस्यका लागि चुनाव लड्न टिकट पाए ।

०५६ मा नेता लेखक कञ्चनपुरको तत्कालिन निर्वाचन क्षेत्र नं. ३ बाट उम्मेदवार भए र चुनाव जिते । पहिलो प्रतिनिधि सभाको चुनाव जितेको दुई वर्ष पछि नेता लेखकले नेपाली कांग्रेसको संसदिय दलको सचेतकका रुपमा काम गर्ने मौंका पाए ।

नेता लेखकले ०५६ मा चुनाव जिते पछि कञ्चनपुरका लागि केहि महत्वपुर्ण कामहरु गरेका छन् ।

नेता लेखकले कञ्चनपुरको दोधारा–चाँदनीलाई महेन्द्रनगर संग जोड्नका लागि झोलुङ्गे पुलको निर्माण कार्य प्रारम्भ गराए ।

त्यस्तै महाकाली नदी पारी दोधारा–चाँदनी र वारी भीमदत्त नदीको किनारमा बाध निर्माण गर्ने कार्यलाई सुरुवात गरे ।

भीमदत्तको उत्तरी भेगमा खानोपानीको निकै समस्या हुन्थ्यो, त्यो समस्या निराकरणका लागि नेता लेखकले चुरेको फेदमा खानेपानीको ‘ओभर हेड’ ट्यांकी बनाएर नमूना कार्य गर्न सफल भए । यद्यपी भीमदत्तको उत्तरी क्षेत्रमा पहिले वर्षातको समयमा डुवान हुँने र हिउँदमा खानेपानी नहुँदा काकाकूल हुने समस्या थियो । त्यो समस्या समाधान गर्न सफल भए नेता लेखक ।

०६२ को संसद स्थापना पछि नेता लेखकले सुरुमा श्रमराज्य मन्त्री र त्यसपछि श्रम मन्त्री नै भएर काम गर्ने अवसर प्राप्त गरे ।

नेता लेखकले तत्कालिन माओवादी संगको वार्ता टोलीक सदस्य रहेर समेत काम गरेका छन् । तत्कालिन माओवादी संग विस्तृत शान्ती सम्झौता गर्न पनि नेता लेखकले सदस्यको हैसियतबाट महत्वपुर्ण कार्य गरेका छन् । शान्ती प्रकृया पछि नेपालको अन्तरिम संविधानलाई पनि अन्तिम रुप दिन पनि उनले भूमिका खेलेका छन् ।

त्यसपछि नेता लेखक ०६४ को आम निर्वाचनमा प्रत्यक्ष नभइ पार्टीबाट समानुपातिकमा चुनाव लडे । यसरी नेता लेखकले पहिलो संविधान सभामा प्रतिनिधित्व गर्ने अवसर पाए ।

कानूनको विद्यार्थी एवं ज्ञाताका हिसाबले संविधान निर्माण तथा लेखनमा नेता लेखकले महत्वपुर्ण समितिहरुमा रहेर काम गर्ने अवसर पाए । जस्तै मौलिक हक अधिकार मस्यौदा समिति, मस्यौदा समिति भित्रका पनि विभिन्न समितिहरुमा विवाद समाधान लगायतका उप समिति तथा कार्यदलमा गरेर नेता लेखकले काम गरे । यसरी पहिलो संविधान सभामा ४ वर्ष सम्म संविधान निर्माण तथा लेखनमा उनी संलग्न रहे ।

०७० सालमा संविधान सभाको अर्को निर्वाचन भयो । तत्कालिन कञ्चनपुर निर्वाचन क्षेत्र नं. ४ प्रत्यक्ष तर्फ बाट नेता लेखक चुनावी प्रतिस्पर्धामा उभिए र चुनाव जिते पनि । ०७० मा पनि नेता लेखकले संविधान लेखनमा महत्वपुर्ण भुमिका निर्वाह गरे ।

संविधान निर्माणको कामलाई अन्तिम रुप दिने एउटा कार्यदल थियो, त्यसमा पनि नेता लेखकको महत्वपुर्ण भूमिका थियो । जसमा नेता लेखकले न्यायपालिका सम्बन्धि उप समितिको संयोजक भएर काम गरे । अन्ततः नेपालको संविधान २०७२ जारी भयो । त्यो क्षण नेपाली जनता एवं नेता लेखक सबैका लागि निकै सुखदः क्षण थियो ।

नेकपा माओवादी संग वार्ता गरेर शान्ती प्रक्रियामा अगाडी बढाएर, शसस्त्र द्वन्द्वलाई शान्ती प्रक्रियामा रुपान्तरण गर्दाको क्षणले आफुलाई निकै गौरवान्वित र आनन्दित तुल्याउने गरेको नेता लेखक बताउछन् ।

राजनीतिमा जुनसुकै ठुलो समस्या, जटिलता र मतान्तर भएरपनि त्यसलाई वार्ता र संवादबाट समाधान गर्न सकिने नेता लेखकको अनुभव छ । राष्ट्रिय मुद्धामा नेपालका सबै राजनीतिक दलहरुले आपसमा संवाद एवं वार्ताकै संस्कृतीलाई विकास गर्नुपर्ने नेता लेखकले माओवादी शान्ती प्रक्रियाबाट अनुभव बटुलेको बताउछन् ।

०७० मा तत्कालिन कञ्चनपुर क्षेत्र नं. ४ बाट प्रत्यक्ष तर्फ विजय हासिल गरेपछि नेता लेखकले जिल्लाका लागि केहि महत्वपुर्ण कामहरु गरेका छन् । ०७० मा चुनाव जिते पछि नेता लेखक भौतिक पुर्वाधार तथा योजना मन्त्री भए । त्यस समयमा नेता लेखकले महाकाली नदीमा चार लेनको पक्की पुल,’ नेपाल, भारत र चिन जोड्ने महकाली करिडोर लगायतका क्षेत्रमा बजेटको जोहो तथा कार्य प्रारम्भ गराएका छन् ।

०७० मा नेता लेखकको एउटा मात्रै नारा थियो,’ ‘कञ्चनपुरको यो ठाउँलाई त्रिदेशिय नाकाका रुपमा विकास गर्न सकिन्छ ।’ छिमेकी मुलुक भारत र चिनलाई जोडेर कञ्चनपुरलाई एउटा व्यापारीक, औद्योगिक, धार्मीक, तथा पर्यटकीय नाकाका रुपमा विकास गर्न सकिन्छ, भन्ने मुख्य ध्येय तथा सपना नेता लेखक थियो । जसलाई नेता लेखकले त्रिदेशिय नाकाको रुप दिए ।

कञ्चनपुरलाई त्रिदेशिय नाकका रुपमा विकास गर्न सक्यो भने आर्थिक उन्नती तथा समृद्धि हुन सक्ने नेता लेखकको सपना हो ।

सुख्खा बन्दरगाहलाई जोड्दै महाकाली नदीको किनारै किनार चिनको सीमाना सम्म जोडेर कञ्चनपुरलाई त्रिदेशिय नाकाको रुपमा विकास गर्नु पर्छ भनेर नेता लेखकले काम गर्दै आए । त्यही प्रयोजनका लागि महाकाली नदीमा चार लेनको पक्की पुल निर्माण गरिएको उनी बताउछन् ।

नेता लेखक मन्त्री भएकै बेला अरबौं रुपैयाँ विनियोजन महाकाली पुल र महाकाली करिडोरको काम अगाडी बढेको हो । महाकालीको पुल निर्माणका लागि आवश्यक पर्ने पैसाको प्रबन्ध सहित डेण्डर गरेर उक्त कार्यको प्रारम्भ गरिएको थियो ।

जयसको शिलान्यास तत्कालिन प्रधानमन्त्री शेर बहादुर देउवा र भोतिक पुर्वाधार तथा योजना मन्त्री लेखकले गरेका थिए ।
०७४ को निर्वाचनमा नेता कञ्चनपुर क्षेत्र नं. ३ बाट चुनाव लडे र पराजित भए । यद्यपी नेता लेखकले सोच राखेका थिए, कि आफुले अगाडी बढाएका विकास निर्माणका कामहरुले गती पाउला, सम्पन्न होलान् । तर गएको पाँच वर्षमा कुनै पनी काम अघि नबढेको उनी बताउछन् ।

आफ्ना लागि गएको पाँच वर्ष निश्चक्रिय पाँच वर्ष रहेको नेता लेखकको अनुभव छ । आफुले बनाएका विकासका कामहरु पनि अबरुद्ध भएको उनको तर्क छ ।

०७९ को यस निर्वाचनमा नेता लेखक फेरि पनि नेपाली कांग्रेस लगायत पाँच दलिय वाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट प्रतिनिधि सभाका उम्मेदवार छन् । जनताको माया, स्नेह तथा आर्शिवादको सधै ऋणी रहने बताउँदै उनी यस क्षेत्रको विकास निर्माण तथा आफुले अगाडी बढाएका योजनाहरुको पुर्णताका लागि मत मागि रहेका छन् ।

पहिलो तथा दोस्रो संविधान सभामा रहेर काम गर्दा नेता लेखकले यो क्षेत्रमा सुदूर पश्चिम विश्वविद्यालय स्थापना गर्ने कुृरामा महत्वपुर्ण उपलब्धी गरे । खानेपानीको सवालमा होस्, कि शिक्षा तथा बाधी नियन्त्रणका सवालमा होस्, नेता लेखकले महत्वपुर्ण कामहरु गरेका छन् ।

कञ्चनपुरलाई त्रिदेशिय नाकाका रुपमा विकास गर्नु यो ठाउँका लागि मात्रै नभएर, सुदूर पश्चिम प्रदेशलाई नै एउटा ठुलो विकासको, समृद्धिको आयोजनाको सुरुवात नेता लेखकले गरे । यो नै नेता लेखकको प्रमुख एजेण्डा हो ।

 

 

 

 

ताजा समाचार

सम्बन्धित समाचार