Friday, April 19, 2024

बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार सरललाई युवाहरुको दरिलो साथ

प्रकाशित:

महेन्द्रनगर । बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट कञ्चनपुर निर्वाचन क्षेत्र २ (क) प्रदेश सभा सदस्यका उम्मेदवार ओम विक्रम भाट (सरल) ले समेत आफ्नो निर्वाचन क्षेत्रमा चुनाव प्रचारप्रसार तिव्र पारेका छन ।

प्रदेश सभा सदस्यका उम्मेदवार सरलले उक्त निर्वाचन क्षेत्रबाट प्रतिनिधी सभा सदस्यका उम्मेदवार एव पुर्वमन्त्री एनपी साउद सहित सत्ता घटक काँग्रेस, माओवादी, समाजवादी र जनमोर्चाका नेता कार्यकर्तासंगै चुनावी प्रचार प्रसार तिव्र पारेका छन ।

क्षेत्र २ (क) अन्र्तरगत पर्ने कृष्णपुर नगरपालिका १ देखि ९ पुरै वडा, शुक्लाफाँटा नगरपालिका ७, ८, ९ र ११ नम्बर वडाका गाँउघर बस्तीमा निरन्तर चुनावी अभियान थालेका छन ।

नेकपा माओवादी केन्द्र कञ्चनपुरका युवा नेता एव बाम लोकतान्त्रिक गठबन्धनका नेता भीम भट्टले सत्ता गठबन्धनका तर्फबाट २ (क) प्रदेश सभा सदस्यका उम्मेदवार ओम विक्रम भाट (सरल) ले चुनावी एजेण्डा लगेर आफ्नो निर्वाचन क्षेत्रमा पर्ने १३ वडाका गाँउघरबस्तीमा निरन्तर घरदैलो, भेटघाट गरिएको बताए ।

‘बाम लोकतान्त्रिक गठबन्धनका युवा उम्मेदवार समेत रहेका सरललाई गठबन्धन बाहेक दल एव स्थानीय युवाको समेत दरियो साथ सर्मथन पाईएको छ, ‘भट्टले भने, ‘उम्मेदवार सरलले स्थानीय समस्या बुझ्ने, जनताका कुरा, समस्या सुनिरहेका छन ।’

बाम लोकतान्त्रिक गठबन्धन क्षेत्र २ का प्रतिनिधी सभा सदस्य एनपी साउद र प्रदेश सभा सदस्य सरललाई उक्त क्षेत्रका युवा सहित जनताको साथ सर्मथन रहेको नेता भट्टले बताए ।

चुनाव प्रचारप्रसारका लागि शुक्लाफाँटा नगरपालिका ७ कालापानी पुगेका सरललाई स्थानीय युवा पदम सिहले बाम लोकतान्त्रिक गठबन्धनकै लहर चलिरहेकाले युवा उम्मेदवार सरललाई साथ दिने विश्वास दिएका छन ।

‘अहिले संविधान रक्षाका लागि बाम लोकतान्त्रिक गठबन्धन भएको छ, ‘सिहले भने, ‘यस अघि हामीले ओली नेतृत्वको बाम गठबन्धनलाई दुई तिहाई मत दिए, न सरकार चलाउन सक्यो, जनताले दिएको म्याण्डेटपनि दुई दुई पटक भत्काएर जनमतका अपमान गरिदियो, यस्तालाई फेरी बहुमत दिनुको अर्थ छैन, त्यसैले यस पटक हाम्रो बाम लोकतान्त्रिक गठबन्धनलाई साथ र सर्मथन रहन्छ ।’

शुक्लाफाँटा नगरका चार वडा सहित कृष्णपुरका ९ वडाहरुमा चुनाव प्रचारप्रसारका क्रममा युवा सहित जनताको अपार साथसर्मथन पाईएको छ ।

कृष्णपुर नगरपालिका ९ रैकवारविचुवाका गणेश चौधरीले बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रदेश सभा सदस्यका युवा उम्मेदवार ओम विक्रम भाट (सरल) लाई जिम्मेबारी दिएको हुँदा संविधान रक्षक पक्षधरलाई साथ सहयोग रहने विश्वास दिलाएका छन ।

‘अहिले संविधान समावेसी संविधान हो, सबै जातजात धर्म, भाषाभाषी, सस्कृत मान्ने समुदायको प्रतिक संविधान हो, ‘चौधरीले भने, ‘अघिल्लो पटक ओली नेतृत्वको गठबन्धनलाई दुई तिहाई मत दिएर संसद एक पटक होईन दुई दुई पटक भङ गरिदिए, यो गठबन्धनले संघर्ष गरेर संविधान जोगायो, अब हामी पनि संविधान जोगाउने पक्षकै साथमा छौँ ।’

कृष्णपुर नगरपालिका ७ कलुवापुरकी सरीता रानाले संविधान रक्षक पक्षधर बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारद्वय एनपी साउद र ओम विक्रम भाट९सरल०लाई साथ सर्मथन दिने बाचा गरेकी छिन ।

क्षेत्र २ बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रतिनिधी सभा सदस्यका उम्मेदवार एवपुर्वमन्त्री एनपी साउद, क्षेत्र २ (क) का उम्मेदवार ओम विक्रम भाट (सरल) र क्षेत्र २ (ख) बहादुर सिह थापाले संविधान रक्षाका साथै स्थानीय विकास निर्माण गर्दै क्षेत्राई सम्बृद्धि बनाउने प्रतिबद्धता जाहेर गरेका छन ।

ताजा समाचार

सम्बन्धित समाचार