Saturday, July 27, 2024

‘ओलीले संसदलाई पटक-पटक विघटन गरे, हामी त्यसको पुनरावृत्ति हुँन दिने छैनौं’

प्रकाशित:

महेन्द्रनगर । नेपाली कांग्रेसका नेता तथा कञ्चनपुर निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार एनपी साउँदले संसद विघटनको पुनरावृत्ति हुँन नदिने बताएका छन् । मंगलबार कञ्चनपुरको बेदकोटका विभिन्न चुनावी सभाहरुमा बोल्दै नेता साउँदले एमाले अध्यक्ष केपी शर्मा ओलीले दुई तिहाईको सरकारमा हुँदा संसदलाई पटक–पटक विघटन गरेको हुँदा आफु लगायत गठबन्धनका उम्मेदवारहरु विजय भएमा त्यसको पुनरावृत्ति हुन नदिने बताएका छन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

लोकतान्त्रिक बाम गठबन्धनलाई विजय गराए मात्रै मुलुकमा विकास निर्माण, संविधानको सुरक्षा र कार्यान्वयन हुँन सक्ने नेता साउँदले बताए । ०६४ देखि नेपालमा कुनै पनि पार्टीले बहुमत प्राप्त नगरेको हुँदा स्थायी सरकार बन्न नसकेको नेता साउँदले बताए । ‘कुनै पनि पार्टीले ०६४ देखि अहिले सम्म बहुमत प्राप्त गरेको छैन,’ नेता साउँदले भने ।

सरकार गठन पूर्व नै निश्चत नीति कार्यक्रमहरुलाई गठबन्धनका माध्यमबाट जनताबाट अनुमोदित गरेर अगाडी बढेमा मुलुकमा शान्ति, स्थीरता, अमनचयन र उन्नती हुँने कांग्रेस नेता साउँदले बताए ।

‘सरकार गठन गर्नका लागि मात्रै नभएर, सरकार गठन पुर्व नै, निर्वाचन पुर्व नै, निश्चित नीति र कार्यक्रम बनाएर बनाएर, गठबन्धन गरेर, गठबन्धनलाई जनताबाट अनुमोदित गरेर अगाडी बढ्यौं भने मुलुकमा सरकारलाई स्थीरता पाप्त हुन्छ, त्यो सरकारले शान्ति दिन्छ, सुशासन दिनसक्छ र देशलाई उन्नतीको बाटोमा अगाडी बढाउन सकिन्छ ।’ नेता साउँदे भने, ‘देशलाई उन्नतीको बाटोमा अगाडी बढाउन सकिन्छ भन्ने मान्यताका साथ हामी यो गठबन्धनमा बाधिएर पाँचै पार्टी जनता माझँ प्रस्तुत भएका छौं ।’

गठबन्धन जितेमा शिक्षा, स्वास्थ्य, अर्थतन्त्र एवं विकास निर्माणका क्षेत्रहरुमा नविन किसिमले काम गर्ने प्रतिबद्धता समेत नेता साउँदले गरेका छन् । जनतामाझँ कामका गरेर गठबन्धन पार्टीहरुले मुलुकलाई अगाडी बढाउन चाँहेको समेत उनी बताउछन् ।

कञ्चनपुरको निर्वाचन क्षेत्र नं. २ मा गठबन्धन जितेको खण्डमा विकास निर्माणका सम्पुर्ण कामहरु संगै भूमि आयोगबाट सबैलाई लालपुर्जा प्रदान गरिने नेता साउँदले बताए । ‘भूमि आयोगबाट सबैलाई लालपुर्जा प्रदान गरिनेछ, सेतो लालपुर्जालाई रातोमा रुपान्तरण गरिने छ ।’ नेता साउँदले भने, ‘गाउँका सबै बाटो घाटो निमार्ण गर्ने बचनबद्धता व्यक्त गर्छु, विद्यालयहरुमा गुणस्तरिय शिक्षा, भौतिक संरचनाको स्तरोन्नति, विद्युत, खानेपानी, कृषि लगायतका क्षेत्रमा जनतालाई सुधारको प्रत्याभूति गरिनेछ ।’

ताजा समाचार

सम्बन्धित समाचार