Friday, April 26, 2024

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुदाँ दुई जनाको मृत्यु

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिका–५ पोल्खरीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

सु.प.प्र.०१–०१० प १०७१ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा सोही ठाउँ बस्ने २७ वर्षीय मोटरसाइकल चालक बसन्त जोशीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

जोशी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको महेन्द्रनगरस्थित कार्यालयमा सवारी चालकका रुपमा कार्यरत थिए । घर नजिकै उनी दुर्घटनामा परेका हुन् ।

यस्तै कैलालीको गोदावरी नगरपालिका–१ धनगढीमा सु.प.प्र.०१–०१० प ३६९ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा चालक कञ्चनपुर लालझाडी गाउँपालिका–४ जाँई शिबिर बस्ने ३२ वर्षीय राजु चौधरीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

ताजा समाचार

सम्बन्धित समाचार