Advertisements
Advertisements
२०८० जेष्ठ २५, बिहीबार |
Thursday, June 8, 2023

गोदामबाटै २७७ बोरा तिल र १५८ बोरा गहुँ गायब

प्रकाशित:

Advertisements

महेन्द्रननगरर । ३० असोजमा वाणिज्य विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलगायतका निकायले कुलेश्वरको अभिषेक ट्रेडर्समा छापा मार्दा म्याद गुज्रिएको तिल, नरिवल, गहुँ फेला पार्‍यो । विभागले त्यसै दिन सार्वजनिक गरेको दैनिक अनुगमन प्रतिवेदनमा म्याद गुज्रिएको र अधिकतम खुद्रा बिक्री मूल्य स्पष्ट नभएको १८ बोरा नरिवल, ३१७ बोरा तिल, १५८ बोरा गहुँ फेला पारेको उल्लेख गरेको थियो ।

अनुगमनमा खटिएका अधिकारीहरु भने उक्त गोदाममा झण्डै २ सय बोरा जिरा पनि म्याद गुज्रिएको अवस्थामा फेला परेको बताउँछन् दावी गर्छन्, तर विभागको अनुगमन प्रतिवेदनमा जिराबारे उल्लेख भएन । बरामद भएको खाद्यवस्तुको परीक्षण गर्ने वा नगर्ने विषयमा वाणिज्य विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबीच विवाद भएको स्रोतको दावी छ । गोदाम सिल गर्ने मुचुल्कामा हस्ताक्षर गर्ने विषयमा पनि विवाद भयो । ‘गोदाम सिल भयो तर त्यसमा सबैले हस्ताक्षर गरेनन्’ एक प्रत्यक्षदर्शीले भने ।

१ कात्तिकको बेलुकी वाणिज्य विभागले प्रेस नोट जारी गर्दै कुलेश्वर क्षेत्रबाट बरामद ४० बोरामा रहेको २ हजार किलो तिल नष्ट गरेको जानकारी गरायो । अर्थात् सिल गरिएको गोदाममा रहेका अरु २७७ बोरा तिल, १८ बोरा नरिवल र १५८ बोरा गहुँ गायब भयो ।

कहाँ गए तिल, नरिवल र गहुँ ?

सिल गरेको सबै वस्तु नष्ट नगरेको विषय वाणिज्य सचिवलाई समेत रिपोर्ट भएको थियो । ‘सिल गर्ने बेलामा मुचुल्कामा सबैको हस्ताक्षर नहुनु, अनुगमनमा खटिएका अन्य निकायलाई थाहै नदिई विभागले सुटुक्क गोदाम खोल्नु र कम परिमाणमा मात्रै वस्तु नष्ट गरेको देखिएपछि विभागसँग मन्त्रालय झस्किएको छ’ एक अधिकारीले भने ।बरामद गरिएका खाद्यवस्तुको विवरण ।

विभागले भने अन्य वस्तु खान योग्य रहेको दाबी गरेको छ । ‘३० गते हतारमा सिल गर्दा सबै वस्तु सिल भए तर दोस्रो दिन खोलेर परीक्षण गर्दा थोरै मात्रै म्याद सकिएको वस्तु फेला पर्‍यो,’ विभागका महानिर्देशक महेश भट्टराईले भने, ‘म्याद सकिएको वस्तुलाई मात्रै नष्ट गरिएको हो । यसबारे प्रष्ट्याउन नसक्दा केही गलत म्यासेज बाहिर गए ।’

प्रत्यक्षदर्शीका अनुसार विभागले सिल गरेका वस्तुमा लेबल नै उल्लेख थिएन । कुनै लेबल नै नभएको बोरामा असरल्ल रुपमा ती वस्तु भेटिएका थिए । ‘विभागले खुसुक्क सिल खोल्यो र सानो परिमाणको सामानलाई मात्रै म्याद सकिएको भनेर नष्ट गर्न आफैंले अग्रसरता लियो’, स्रोतले भन्यो, ।

३१ भदौमा विभागले २२ लाख रुपैयाँ बराबरको खाद्यवस्तु र सौन्दर्य प्रशाधनका सामान नष्ट गरेको थियो । काठमाडौंको तारकेश्वर नगरपालिका–४ पुरानो गुहेश्वरीको एसआर डिष्ट्रिब्यूटर्सबाट १७ भदौमा फेला परेका ती वस्तुबारे अनुसन्धान नगरी विभागले नष्ट गरेको थियो ।

गोदाममा कुरमुरे, कुरकुरे, कनफ्लेक्स, पुरुष र महिला सौन्दर्यका सामानहरु थिए । उक्त वस्तु फेला परेको र नष्ट गरिएको बारेमा जानकारी नगराएको भन्दै तारकेश्वर नगरपालिकाले आपत्ति समेत जनाएको थियो । ‘अखाद्य वस्तुको गोदामबारे थप अनुसन्धान हुनुपर्ने थियो तर विभागले अनुसन्धानको मौका नदिँदा गलत गर्नेहरुले उन्मुक्ति पाउने अवस्था बन्यो’ नगर कार्यपालिकाका एक सदस्यले भने ।

विगतमा भने वाणिज्य विभागले म्याद गुज्रिएका वस्तु फेला पार्दा ती सबै वस्तु नष्ट गरेर सञ्चालकलाई मुद्दा चलाएको पनि इतिहास छ । २० असोज, २०७६ मा काठमाडौं सतुंगलस्थित सुयास इन्टरनेशनल कम्पनीमा वाणिज्य विभागले छापा मार्दा फेला परेका म्याद गुज्रिएका चकलेट, बिस्कुट, कफीलगायतका वस्तु नष्ट गरिएको थियो सञ्चालक बिनित अग्रवालविरुद्ध मुद्दा चलाइएको थियो ।

१५ असोज, २०७७ मा कंलकी र बाफलमा विशाल ग्रुपको आयन इन्टरनेशनल र युनाइटेड डिष्ट्रिब्युटर्समा छापा मार्दा म्याद गुज्रिएको सामान भेटिएपछि सञ्चालक र रिलेबलिङमा संलग्न कर्मचारी पक्राउ परेका थिए । १८ असोज २०७७ मा कलंकी चोक नजिकै भारतीय नागरिक अनिलकुमार बंकाको एएससटी प्रालिले १४ सय प्रकारका वस्तुमा पुनः नयाँ मिति राखेको घटनामा चार जना पक्राउ परेका थिए ।

Advertisements

ताजा समाचार

Advertisements

सम्बन्धित समाचार