Advertisements
Advertisements
२०८० जेष्ठ २२, सोमबार |
Monday, June 5, 2023

कञ्चनपुर-२ मा एमाले उम्मेदवार धामी बिरुद्ध यसरी खनिए स्थानीयः जवाफ चाहियो भन्दै हंङ्गामा (भिडियो सहित)

प्रकाशित:

Advertisements

महेन्द्रनगर । कञ्चनपुरको बेदकोटमा स्थानीय युवाहरु नेकपा एमालेका उम्मेदवार नरबहादुर धामी बिरुद्ध खनिएका छन् । स्थानीय युवाहरु अघिल्लो पटकको चुनावमा भोट दिएको तर धामीले केही गर्न नसकेकोको भन्दै उनी माथिए खनिएका हुन् ।
कञ्चनपुरको निर्वाचन क्षेत्र नं. २ मा पर्ने बेटकोटका युवाहरुले सांसद धामी गाउँमा भोट माग्न आएका बेला सशंकित भएर अब भोट नदिने जनाएका छन् । चुनावी प्रचार प्रसारका लागि बेटकोट पुगेका धामी बिरुद्ध स्थानीय युवाहरु उत्रिएका हुन् ।
नेकपा एमालेका उम्मेदवार धामीले विगतमा जनप्रतिनिधि निर्वाचित भइसकेपछि यस क्षेत्रका जनताका लागि केही पनि गर्न नसकेको भन्दै आक्रोशित युवाहरुले धामीको विरोध गरेका हुन्।

पार्टी जिताउनका लागि २०७४ मा खटिएको युवाहरुलाई नै अपमान गरेको पनि उनीहरुको आरोप छ । केही स्थानीय नेताहरुले उनीहरुलाई सम्झाउने प्रयास गरे पनि उनीहरुले निरन्तर विरोध गरेको भिडियोमा देखिन्छ ।

उनीहरुले भनेका छन्, ’नरबहादुर धामीले यति ठूलो तटबन्धको भ्रष्टाचारको काण्ड अख्तियारमा पुग्दा बेइजत नहुने अनि पाँच वर्षमा धामीले के–के गरे भनेर जवाफ माग गर्दा बेइजत हुन्छ? हामीलाई जवाफ चाहिएको छ।’

उनले विगत केपी शर्मा ओलीले गरेका गैरकूटनीतिक क्रियाकलापको पनि विरोध गर्दै नेकपा एमालेले विधि र पद्धतीको धज्जी उडाएको बताएका छन्। पार्टीका नेताहरुले सिस्टममा हुन्छ भनेपछि थप आक्रोशित भएका ती युवाले भने, ’राति १२ बजे परराष्ट्र मन्त्रालयको जानकारी बिना रअको प्रमुख आउँदा यो देशमा सिस्टम छैन, निर्मला पन्तको बलात्कार हुँदा कसको सरकार थियो? लिम्पियाधुरा कराएर आउँछ फिर्ता?’

उनले विगतमा व्यक्तिगत स्वार्थका लागि पद नपाएर पार्टी फेर्दै हिँड्नेहरुले आफूलाई नसम्झाउनसमेत उनले आग्रह गरेका छन्। उनीहरुले युवाहरुलाई रोजगारी दिन्छु भन्दै प्रलोभनमा पारेको तर कसैलाई रोजगारी नदिएको भन्दै युवाहरु आक्रोशित भएका हुन्।

ती युवाहरुले एमालेले विगत पाँच वर्षमा गरेको कामको हिसाब–किताब दिनुको साटो उल्टो भ्रम फैलाउने काम गरिरहेको आरोप पनि लगाएका छन्।

https://www.facebook.com/Nigaranikhabar/videos/395276769381146

Advertisements

 

ताजा समाचार

Advertisements

सम्बन्धित समाचार