२०७९ माघ २१, शनिबार |
Saturday, February 4, 2023

बसबाट खसेर एक जनाको मृत्यु

प्रकाशित:

महेन्द्रनगर । लम्कीचुहा नगरपालिका–१ कैलालीका ४४ वर्षीय बसधनी विष्णु देवकोटाको बसबाट खसेर मृत्यु भएको छ ।

प्रहरीका अनुसार लम्कीचुहा घर भएका रुपलाल चौधरीले चलाएको बा ५ ख ५८७२ नम्बरको बसबाट खसेर घाइते भएका देवकोटाको उपचार क्रममा मृत्यु भएको हो ।

उक्त बस टीकापुरबाट धनगढी आउँदै थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार