Friday, April 19, 2024

भीमदत्त नगरपालिकाको टिप्परमा ढुंगा प्रहार

प्रकाशित:

महेन्द्रनगर । भीमदत्त नगरपालिकाको टिप्परमाथि ढंगा प्रहार भएको छ । भीमदत्त नगरपालिकाको म १ ग ३२ नम्बरको टिप्परमा ढुंगा प्रहार भएको हो ।

नगरपालिकाको वडा नं. १ रौटेला खोलाबाट ग्राभेल लिएर फर्कि रहेको टिप्परमाथि वडा नं. ३ तिलकपुरमा अपरिचत व्यक्तिहरुले ढुंगा प्रहार गरेको नगर प्रवक्ता महेन्द्र खड्काले बताए ।

‘मोटरसाइकलमा आएका दुई जनाले टिप्परलाई रोकेर अगाडीको सिसामा ढंगा हानेका छन्, शिशा चर्केको छ,’ उनले भने, ‘विभिन्न वडाका सडकहरुमा ग्राभेल हाली रहेका छौं, ग्राभेल ल्याउन गएको एउटा टिप्परमा ढंगा प्रहार भएको हो।’

टिप्परमाथि ढुंगा प्रहार गर्नेहरुको खोजीका लागि प्रहरीलाई मौखिक जानकारी दिएको उनले बताए । ‘अहिले प्रहरीको सहयोगमा टिप्परहरु कार्यालयमा लिएका छौं,’ उनले भने, ‘उनीहरुले टिप्परमाथि किन ढंगा प्रहार गरे, त्यसबारे खुल्न बाँकी छ ।’

ताजा समाचार

सम्बन्धित समाचार