Saturday, July 27, 2024

कञ्चनपुर–१ मा जनताको अपार साथ सर्मथन पाईरहेका छौंः गठबन्धन उम्मेदवार

प्रकाशित:

महेन्द्रनगर । आगामी ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि कञ्चनपुर निर्वाचन क्षेत्र १ मा बाम लोकतान्त्रिक गठबन्धनले निरन्तर प्रचारप्रसार गरिरहेको छ । बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार त्रय प्रतिनिधी सभा तर्फ बिना मगर क्षेत्र १(क) बन्धु राना र १(ख) मा दिवान सिह विष्टले निरन्तर घरदैलो अभियान जारी राखेका छन ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

बाम लोकतान्त्रिक गठबन्धन क्षेत्र १का निर्वाचन मुल परिचालन समितिका संयोजक लोकेन्द्र लम्सालले बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारले क्षेत्रमा चारै पालिकामा निरन्तर घरदैलो अभियान जारी राखेको बताए । संयोजक लम्सालले बेलडाँडी, बेलौरी, पुनर्वास र लालझाडीमा निरन्तर घरदैलो भईरहेको छ । उम्मेदवार त्रय मगर, विष्ट र राना सहित गठबन्धनका उम्मेदवारले क्षेत्रका सबै वडाका गाँउबस्तीहरुमा अभियान जारी राखेका छन ।

चुनावी एजेण्डा लिएर उम्मेदवारले घरदैलो केन्द्रीत अभियान संचालन गरिरहेका छन । बाम लोकतान्त्रिक गठबन्धन क्षेत्र १(ख) प्रचार प्रसार समितिका संयोजक चेतन कुमार राईले क्षेत्र १ को (ख) प्रादेशिक निर्वाचन क्षेत्रमा समेत उम्मेदवारद्वय मगर, विष्ट सहित र उस्तै पनि टोल, वडा, पालिका, प्रादेशिक स्तरियका निर्माण भएका समितिले जनताको घरदैलोमा पुगेर गठबन्धनको पक्षमा मत मागिरहेको बताए ।

‘हामीले उम्मेदवार हुँदा नहुँदा पनि निरन्तर वडाहरु मार्फत गाँउ टोल बस्तीमा घरदैलो गरिरहेका छौँ, ‘बाम लोकतान्त्रिक गठबन्धन क्षेत्र १९ख० मुल प्रचारप्रसार समिति संयोजक राईले भने,‘प्रादेशिक निर्वाचन क्षेत्रका सबै वडाहरुमा निरन्तर हामीले चुनाव प्रचारप्रसार गरिरहेका छौँ ।’ नेपाली जनताको अथक संघर्षपछि संविधान रक्षा र दिगो विकासका लागि गठबन्धनकै पक्षमा जनलहर बढिरहेको बताउँदै राईले जनताले समेत चुनावका बेला अथक साथ सर्मथन गरिरहेको बताए ।

पुर्वमन्त्री बिना मगर, संविधान सभा सदस्य दिवान सिह विष्टले क्षेत्रको विकासका लागि भूमिका निर्वाह गरेको भन्दै जनताले दुवै गठबन्धनका उम्मेदवारलाई साथ सर्मथन रहेको पाईएको नेताहरुले बताए । बाम गठबन्धनका अर्का उम्मेदवार राना सीमा रक्षाका साथै जनताको पक्षमा काम गर्ने नेता भएकाले रानालाई समेत मातृभूमि रक्षाका साथै इमान्दार नेताका रुपमा हेरिएको छ ।

बाम लोकतान्त्रिक गठबन्धन क्षेत्र १ का उम्मेदवार त्रय बिना मगर, दिवान सिह विष्ट र बन्धु रानाले घरदैलोमा जनताको अपार माया साथ समर्थन पाईएको बताएका छन । उम्मेबार त्रय मगर, विष्ट र रानाले जनताकै चाहना अनुरुप क्षेत्रको सम्बृद्धि गर्ने प्रतिबद्धता जाहेर गरिरहेका छन । बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार जहाँ जान्छन, त्यहाँ स्थानीय स्वतस्पूर्ति आएर हजारफुलका मायाले भरिभराउ गर्दै आएका छन ।

गत बैशाखमा सम्पन्न भएको स्थानीय तह निर्वाचनको मत परिमाण अनुसार गठबन्धन क्षेत्र १मा भारी बलियो देखिएको छ । स्थानीय तह निर्वाचन सम्पन्न भएको ६ महिनापछि संघ र प्रदेशको निर्वाचन हुन लागेको उक्त निर्वाचनमा समेत सोही परिमाणमा मतदान हुने स्थानीय बुद्धिजिवीहरुको दावि छ ।

गत बैशाखमा सम्पन्न भएको स्थानीय तह निर्वाचनमा दलहरुले वडामा पाएको मतभार अनुरुप क्षेत्र १ का ३२ वडाहरुमा काँग्रेस १८ हजार ६६३, एमाले १८ हजार, ५९९, माओवादी १५ हजार ८६१, समाजवादी ३ हजार ४९८ , राप्रपा २ हजार १सय र अन्य ४ हजार ६० मत पाएका थिए । काँग्रेस, माओवादी, समाजवादीको झण्डै ३८ हजार, २२मत र एमाले एक्लैको १८ हजार ५९९मत देखिएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार