Saturday, July 27, 2024

गोलि हानी भारतका नेता सुधीर सुरीको हत्या

प्रकाशित:

महेन्द्रनगर । शुक्रबार पन्जाव प्रान्तमा हिन्दुधर्मावलम्बीहरुको पवित्र मानिने विश्वप्रसिद्ध स्थल गोल्डन टेम्पल अवस्थित अमृतसर प्रदर्शन गर्ने क्रममा गोलि हानी ५८ वर्षीय नेता सुधीर सुरीको हत्या भएको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

सुरी भारतमा कट्टरपन्थी धार्मिक समुह हिन्दु शिवसेना समुहका स्वघोषित नेता थिए । उक्त चलिरहेको प्रदर्शनमा १५ प्रहरी सुरक्षाकर्मीहरुका बिच सुरी माथी गोलि प्रहार भएको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार सुरी फोहोर फाल्ने स्थलमा भगवानको मुर्ति मिलेको बिरोध गरिरहेका थिए । उनको प्रहरी संग कुरा भइरहेकै दौरान भिडमा बन्दुकधारीले ५ राउन्ड गोलि प्रहार गरेको थियो ।

उनको हत्यासंग सम्बन्धित आशंकामा प्रहरी स्थानीय ब्यापारीलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ ।

 

ताजा समाचार

सम्बन्धित समाचार