Advertisements
Advertisements
२०८० जेष्ठ २५, बिहीबार |
Thursday, June 8, 2023

‘आजाद भारत’ का पहिलो मतदाता श्याम सरन नेगीको निधन

प्रकाशित:

Advertisements

महेन्द्रनगर । हिमाचल प्रदेशको किन्नौर निवासी आजाद भारत अर्थात् ‘स्वतन्त्र भारत’ का पहिलो मतदाता श्याम सरन नेगीको आज बिहान १०५ वर्षको उमेरमा निधन भएको छ ।

पेशाले शिक्षक रहेका उनले स्वतन्त्र भारतको पहिलो मतदाताको रुपमा सन् १९५१ को २५ अक्टुबरमा मतदान गरेका थिए । त्यसयताका सबै चुनावमा आफूले मतदान गरेको उनले बीबीसीसँगको एक कुुराकानीमा बताएका थिए ।

हिमाचल प्रदेशका मुख्यमन्त्री जयराम ठाकुरले नेगीको निधनमा दुःख व्यक्त गरेका छन् । उनलाई भारतीय लोकतन्त्रको जिउँदो इतिहास मानिन्थ्यो ।

पछिल्लो पटक उनले गत नोभेम्बरमा भएको विधानसभा निर्वाचनमा भोट हालेको हिमाचल प्रदेशका मुख्यमन्त्री ठाकुरले उल्लेख गरेका छन् ।

Advertisements

 

 

ताजा समाचार

Advertisements

सम्बन्धित समाचार