Friday, March 29, 2024

हामी जे सक्छौं, त्यहि बोल्छौ, एमाले जसरी हावादारी गफ दिन आउँदैनः नेता लेखक

प्रकाशित:

महेन्द्रनगर । नेपाली कांग्रेसका नेता तथा पुर्व मन्त्री रमेश लेखकले गर्न सक्ने काम मात्रै गर्छौ भनेर जनतामाझ भन्दै आएको बताएका छन । नेता लेखकले एमालेका नेताहरुका जसरी हावादारी गफ नदिई, आफुले सक्ने काम मात्रै जनतालाई बताउँदै आएका बताएका छन् ।

‘हामी जे सक्छौं, त्यहि भन्छौं,’ नेता लेखकले भने, ‘एमालेका नेताहरुका जसरी हामी हावादारी गफ दिदैनौं ।’ पाँच वर्ष अघि एमालेले जनतालाई हावादारी गफ दिएर जनताको मतको अपमान गरेको समेत नेता लेखकले बताए । ‘ग्यास पाइपलाइन, पानी जहाज, रेल ल्याउने जस्ता हावादारी गफ हामीहरु दिन सक्दैनौं, हामी जे दिन सक्छौं, त्यहि भन्दैआएका छौं ।’ नेता लेखकले भने ।

नेता लेखकले जनतालाई प्रश्न गरे, ‘कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ मा कहि ग्यास पाइप, पानी जहाज, रेल देख्नु आएको भो ?’ । हावादरी गफबाटै प्रभावित भई गत निर्वाचनमा दुई तिहाई जनमत ल्याएको पार्टीले ३/३ पटक संविधान च्यात्ने काम गरेको हुँदा अब कसैको पनि हावादारी गफबाट प्रभावित नहुँन नेता लेखकले मतदाताहरु लाई सचेत गराएका छन् ।

वाम लोकतान्त्रिक गठबन्धनलाई कसिलो तथा प्रभावकारी बनाउने तर्क गर्दै नेता लेखकले भने, ‘गिरिजा बाबुले प्रचण्ड संग मिलेर संविधान बनाउन हुँने, त्यहि संविधान जोगाउनका लागि शेरबहादुर र प्रचण्ड मिल्न हुँने, तर कांग्रेसले माओवादीलाई माओवादीले कांग्रेसलाई भोट हाल्न नहुँने ?’ नेता लेखकले भने, ‘त्यहि संविधान र व्यवस्थाको रक्षाका लागि यो वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुलाई जिताउनु पर्छ ।’

हावादारी गफ र उखान टुक्काले देश नचल्ने बताउँदै नेता लेखकले आफुहरुलाई विजय गराउन हुँन अनुरोध गरेका छन् । प्रदेश सभा सदस्यका उम्मेदवार टेकेन्द्र भट्ट र आफुले संगै काम गर्न पाएमा कञ्चनपुरका लागि निकै महत्वपुर्ण उपलब्धिहरु हासिल गर्न सकिने नेता लेखकको तर्क छ ।

‘टेकेन्द्र जी र म संगै भएर काम गर्यौ भने कञ्चनपुरका लागि महत्वपुर्ण काम हुन्छन्,’ नेता लेखकले भने, ‘०६४ मा हामीले एक भएर काम गर्दा कञ्चनपुरमा शुदूरपश्चिम विश्वविद्यालयको स्थापना गर्यौ, यसपटक पनि हामी दुवैलाई संगै भएर काम गर्ने अवसर दिनुहोस् ।’

 

ताजा समाचार

सम्बन्धित समाचार