Friday, March 29, 2024

एक वर्ष भित्र आरक्ष पिडितका समस्या समाधान गर्न नसके अर्को पटक भोट माग्न आउँदैनः एनपी साउँद

प्रकाशित:

महेन्द्रनगर । नेपाली कांग्रेसका नेता तथा कञ्चनपुर निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार एनपी साउँदले एक वर्ष भित्र आरक्ष पिडितका समस्या समाधानको लागि पहल गर्ने बताएका छन् । आरक्ष पिडितहरु संग छलफल तथा बैठक कार्यक्रममा नेता समउँदले उक्त कुरा बताएका हुन् ।

कञ्चनपुरमा कार्यदलको विवरण अनुसार १४८० आरक्षपिडित छन् । अहिले देशभर नै प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनको माहोल छ । मंसिर ४ गते हुँने आसन्न निर्वाचनमा कञ्चनपुरका आरक्ष पिडित कांग्रेस नेता तथा लोकतान्त्रिक वाम गठबन्धनका साझाँ उम्मेदवार एनपी साउँदलाई भोट दिने दाबी गर्दै आएका छन् ।

कांग्रेस नेता साउँदलाई भोट दिने दाबी गरिरहदा आरक्ष पिडितले आफ्ना माग पनि सम्बोधन गर्न प्रस्ताव गरेका छन् । उनीहरुले नेता साउँद संग आफ्ना विभिन्न सिविरहरुमा जोत्नदिएर खेतीवाली लगाउने व्यवस्था मिलाई दिनका प्रस्ताव राखेका छन् ।

कांग्रेस नेता साउँदलाई जिताउने जिम्मा आफुहरु लिन तयार रहेको आरक्ष पिडित संर्घष समितिका अध्यक्ष लगायतको समुह बताउदै आएको छ । उनीहरु भन्छन्, ‘चुनाव जिताउने जिम्मा हामी लिन्छौं, एनपी जीलाई जिताउनका लागि हामी लिखित दिन पनि तयार छौं, तर हाम्रो व्यवस्थापन हुनुपर्छ ।’

मंगलवार कांग्रेस नेता साउँद संगको बैठक तथा छलफल कार्यक्रममा आरक्ष पिडितहरुले चुनावमा जिताउनका लागि आफुहरु टोल टोलमा प्रचारप्रसारका लागि जान समेत तयार रहेको बताएका छन् । उनीहरुले भने, ‘एनपी दाई लाई चुनाव जिताउने जिम्मा हामी लिन्छौं, टोल टोलमा गएर प्रचारप्रसार गर्न पनि तयार छौं ।’

चुनाव जिताएको कति दिन अर्थात महिनामा आफुहरुको व्यवस्थापन गर्नुहुन्छ, जस्ता प्रश्नहरु समेत उनले कांग्रेस नेता साउँदलाई राखेका छन् । न्यायीक आयोग बनाई निश्पक्ष पुर्वक आरक्ष पिडितहरुको संख्या एकिन भए नभएको पत्ता लगाई छिटो भन्दा छिटो काम थालिने नेता साउँदले बताए ।

आरक्ष पिडितहरुलाई उपयुक्त ठाउँमा जग्गा दिने र मुआब्जा रकम वितरण गर्ने प्रतिबद्धता नेता साउँदले गरेका छन् । उक्त कुरा आफ्नो घोषणापत्रमै समेत राखेको नेता साउँद बताउछन् ।

आरक्ष पिडितका समस्या एक वर्ष भित्रै सामाधान गर्ने नेता साउँदले बचन बद्धता जाहेर गरेका छन् । ‘एक वर्ष भित्रै समस्याको सामाधान हुन्छ,’ उनले भने, ‘यो कार्यदलले सिफारिस गरेपछि क्याविनेटबाट पास गराएर कार्यान्वयन गराउँछु ।’

आफ्नो पहिलो प्राथमिकता आरक्ष पिडितहरुको लगत संकलन गर्ने र तत्कालै कार्यान्वयमा लैजाने नेता साउँदले बताए । एक चोटी, अन्तिम चोटी पत्याउन हुँन नेता साउँदले आरक्ष पिडितलाई आग्रह गरे । आफुलाई चुनाव जिताएको पाँच वर्ष भित्र समस्या सामाधान नभएर अर्को पटक भोट माग्न पनि नआउने कांग्रेस नेता साउँदले बताए ।

‘एक चोटी, अन्तिम चोटी पत्याउनुहोस्, यो समस्याको सामाधान हुन्छ ।’ नेता साउँदले भने, ‘ यो पाँच वर्षमा समस्या समाधान नभए अर्को पटक भोट माग्न आउदैन ।’

ताजा समाचार

सम्बन्धित समाचार