Friday, April 19, 2024

जब नेता लेखककै कार्यक्रममा महिलाले भनिन्, ‘यो काम त रमेश लेखकले गरेको हो’…

प्रकाशित:

भुपेन्द्र ओली ।

महेन्द्रनगर । नेपाली कांग्रेसका नेता एवं लोकतान्त्रिक वाम गठबन्धनका सयुक्त उम्मेदवार रमेश लेखक जनता संग घरदैलो कार्यक्रममा व्यस्त छन् । उनी कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार हुँन ।

नेता लेखक प्रदेश सभा तर्फका लोकतान्त्रिक वाम गठबन्धनका साँझा उम्मेदवार टेकेन्द्र प्रसाद भट्ट र बेलबहादुर रानालाई क्षेत्र अनुसार चुनावी घरदैलोमा संगै लिएर भोट माग्दै हिडेका छन् ।

नेता लेखक लगायत गठबन्धनका साँझा उम्मेदवारहरु आज भीमदत्तका वडाहरुमा चुनावी घरदैलोमा छन् । टोलका मान्छेहरु जम्मा गरेर एक ठाउँमा भेला राख्दै उम्मेदवारहरुले मतदाताहरु संग भोट मागिरहेका छन् ।

भीमदत्त–६ हल्दुखालको राम मन्दिर नजिक मतदाता संग भेटघाट गर्ने नेता लेखक लगायतका उम्मेदवारहरुको कार्यक्रम चलिरहेको थियो । नेता लेखक उक्त भेलालाई सम्बोधन गर्दै थिए । टोल भेलाको बिचबाट एक वृद्ध महिला उठेर आफ्नो घर अगाडीको बाटो नभएको गुनासो राख्दै बोल्न थालिन् । ‘नेताहरु सबै आउछन्, हामीले यो गर्यौं, त्यो गर्यौ भन्छन्, भोट माग्छन्, जितेर जान्छन, फर्केर कहिल्यै आउदैनन्, काम गर्दैनन् ।’ उनले भनिन् ।

त्यहि क्रममा नेता लेखक र ती वृद्ध महिला बिच प्रत्यक्ष संवाद भयो । त्यहि क्रममा उनले भनिन्,’ ‘तपाई को हो म चिन्दैन्, तपाई यो बाटो पनि मैले बनाए भन्नुहुन्छ, त्यो काम पनि मैले गरे भन्नुहुन्छ । तर मेरो घर अगाडीकोे ५० मिटर बाटो पिच बनेको छैन्, बाँकि दायाँ वायाँ अरु सबै बनेका छन् ।’ उनले भनिन्,’ ‘मेरो परिवार संग केहि दुश्मनि थियो कि ?’ त्यसपछि नेता लेखक र ति महिला बिच औपचारिक कार्यक्रम बिच नै संवाद हुन थाल्यो ।

नेता लेखक औपचारिक कार्यक्रम बिच अनौपचारिक ढंगले ति बृद्ध महिला संग संवादमा लागे । ‘हजुरलाई म चिन्छु, यो ठाउँमा बाटो घाटोको समस्या थियो, धेरै बाटोका समस्या थिए । तर अहिले कहि कतै मात्रै छुटफुट बाँकि रहेका छन् । हजुरको घरनिर पनि बाँकि रहेछ ।’

नेता लेखकले ति वृद्ध महिलाई प्रश्न गरे,’ ‘हजुरको यो खेतमा कति बालुवा आउथ्यो ? कति डुबानको समस्या हुन्थ्यो ? खन्या खोलाको पानी सिधै हजुरहरुको घर, खेतवारीमा पुग्थ्यो ? आज भोली त्यो पानी आउदैनन्, यो सब कस्ले गर्यो, हजुरलाई थाँहा छ ।’

ति वृद्ध महिलाले प्रति जवाफमा भनिन्, ‘त्यो काम रमेश लेखक भन्नेले गरेको हो, तपाई किन सोध्दै हुनुहून्छ ।’ उनले भनिन् । नेता लेखकले मुस्कुराउदै भने, ‘त्यो रमेश लेखक भन्ने मै हुँ । हजुुरले चिन्नु भएकै रहेनछ ।’ उक्त टोल भेलामा एक छिन हासोको माहोल बन्यो ।

भीमदत्त–६ हल्दुखाल राम मन्दिर.नजिकै बस्ने सावित्री भट्ट हुन्, ती महिला । गाउँमा नेता लेखकले विकास निमार्णका काम गरेको भएपनि केहि विपक्षी दलका नेताहरुले त्यसको फाइदा दिदै आइरहेको समेत स्थानीय महिला सावित्री भट्टले बताइन् ।

ताजा समाचार

सम्बन्धित समाचार