२०८० आश्विन १६, मंगलवार |
Tuesday, October 3, 2023

स्याँली नदीमा बाध लगाउँछु, जोनापुरलाई कञ्चनपुरकै पर्यटकीय गन्तव्य बनाउँछुः कांग्रेस नेता साउँद

प्रकाशित:

Advertisements
Advertisements

महेन्द्रनगर । नेपाली कांग्रेसका नेता तथा कञ्चनपुर निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार एनपी साउँदले जोनापुरलाई कञ्चनपुरको पर्यटकीय गन्तव्य बनाउने बताएका छन् ।

शुक्लाफाँटा–३ को जोनापुरमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रवेशद्वार निर्माण गरि भीमदत्तको मझ्गाउँ निस्कने पर्यटकीय मार्ग निर्माण गर्ने नेता साउँदले बताए ।

कञ्चनपुरको क्षेत्र नं. २ मा राना थारु समुदायको बहुल्य उपस्थिती रहेको हुँदा, उनीहरुको मुल्य मान्यता, धर्म संस्कृतीको रक्षाका लागि राना थारु संग्रहालयको समेत निर्माण गर्ने कांग्रेस नेता साउँद बताउछन् ।

राना थारुको बसोबास भएको विभिन्न ठाउँहरुमा हामेस्टे बनाएर कला संस्कृतीको संरक्षण तथा प्रवद्धन गर्ने बचन बद्धता समेत उनले गरेका छन् ।

जोनापुरबाट शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने पर्यटकीय मार्ग निर्माण भएमा त्यस ठाउँका स्थानीयको आर्थीक स्तर, रोजगारी तथा व्यापार व्यवसायमा पनि बृद्धी हुँने नेता साउँदले बताए ।

‘मैले यस ठाउँमा राना थारु संग्रहालय निर्माण गर्ने कुरा अगाडी बढाइसकेको छु,’ उनले भने, ‘जोनापुरलाई कञ्चनपुरको मुख्य पर्यटकीय स्थलका रुपमा विकास गर्न सकिन्छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भ्रमणका लागि यहाँ बाट प्रवेशद्वार बनाएर मझ्गाउँ निकाल्ने काम गर्छु ।’

नेता साउँदले स्थाँली नदीको कटान पटान बाट स्थानीयले निकै दुःख पाएको बताउदै आफु निर्वाचित भए लगत्तै नदी नियन्त्रणका लागि करोडौं बजेटको योजना ल्याउने बताए । शिक्षा, स्वास्थ्य, बाटोघाटोका सवालमा आफु निकै सोचनिय भएर काम गर्ने नेता साउँदले बताए ।

Advertisements

ताजा समाचार

Advertisements

सम्बन्धित समाचार