Friday, March 29, 2024

काठमाडौं महानगरपालिका-२४ जुद्ध शालिक नजिकै एक पुरूष मृत फेला

प्रकाशित:

महेन्द्रनगर । मंगलबार बिहान काठमाडौं महानगरपालिका-२४ जुद्ध शालिक नजिकै एक पुरूष मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए ।

बिहान पौने ७ बजेतिर सडकमा कुच्चो लगाउन आएका मानिसले पुरूष मृत फेला परेपछि प्रहरीलाई खबर गरिएको थियो ।अन्दाजी ४५ वर्षीय पुरूषको पहिचान खुलेको छैन । उनी ज्याला मजदुरी गर्ने व्यक्ति भएको खुलेको छ ।

घटना भने शंकास्पद रहेको एसपी मैनालीले बताए। मृतकको निधारमा चोट पनि देखिएको छ । घटनाको खबर पाएपछि प्रहरी वृत्त जनसेवाबाट डिएसपीसहितको टोली घटनास्थलमा पुगेको थियो ।

परिसरबाट पनि एसएसपी, एसपी, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी, एसपी लगायतको टोली पनि खटिएको थियो ।

त्रि.वि. शिक्षण अस्पताल महाराजगन्जका फरेन्सिक चिकित्सक समेत घटनास्थलमा पुगेका थिए । केन्द्रीय प्रहरी केनाइन कार्यालय महाराजगन्जबाट तालिम प्राप्‍त कुकुरसमेत खटाएको थियो ।

 

 

ताजा समाचार

सम्बन्धित समाचार