Saturday, July 27, 2024

क्षेत्र २ मा बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार जिताउन सिकेको नेतृत्वमा संयुक्त युवा परिचालन समिति विस्तार

प्रकाशित:

महेन्द्रनगर । आगामी ४ मंसिर हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनमा बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार जिताउनका लागि क्षेत्र नम्बर २मा संयुक्त युवा परिचालन समिति विस्तार गरिएको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

सोमबार कञ्चनपुरको झलारीमा काँग्रेस निकट नेपाल तरुण दल र माओवादी निकट वाईसियलको बैठकले क्षेत्र नम्बर २मा संयुक्त युवा परिचालन समिति विस्तार गरिएको हो । चन्द्रकान्त भट्ट (सिके) नेतृत्वमा संयुक्त युवा परिचालन समिति विस्तार भएको छ ।

संयोजकमा तिलक जप्रेल, सदस्य ज्ञानेन्द्र सिह गणेश भट्ट, महेन्द्र कुँवर, दिपेन्द्र सिह, लोक बुढा, महेश नेपाली, दिपेन्द्र कार्की, लक्ष्मण लुहार, संगिता चौधरी, संविधान चौधरी चयन भएका छन ।

योगेश साउद नेतृत्वमा संयुक्त युवा अनुगमन समिति समेत विस्तार भएको छ । सयोजक धर्मा विष्ट, सदस्य सुचित्र शाह, नैनसिह मडै, विमला सार्की रहेका छन ।

क्षेत्र २ (क) मुकेश भट्ट संयोजक, हिम्मत भण्डारी सह सयोजक, २९ख० नर बहादुर विष्ट संयोजक र तारादत्त अवस्थी सह संयोजक रहेका छन ।

उक्त युवा परिचालन समितिले बाम लोकतान्त्रिक गठबन्धन क्षेत्र २का प्रतिनिधी सभा सदस्य एनपी साउद, क्षेत्र २९क० ओम विक्रम भाट९सरल०, २(ख) बहादुर सिह थापालाई भारी मतका साथ निर्वाचित गराउन रातदिन खटिने प्रतिज्ञा गरेका छन । नेपाल तरुण दलका तर्फबाट चन्द्रकान्त भट्ट९सिके० र वाईसियल नेपालका तर्फ तिलक जप्रेल९मुस्कान०द्वारा हस्ताक्षरित गरिएको विज्ञप्तीमा युवालाई जिम्मेबारी अनुरुप फिल्डमा खटिने जनाईएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार