Saturday, July 27, 2024

चुनावी कार्यक्रमका लागि कार्तिक १७ गते प्रधानमन्त्री देउवा डडेल्धुरा जाँदै

प्रकाशित:

महेन्द्रनगर । डडेल्धुरामा गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा चुनावी कार्यक्रमका लागि कार्तिक १७ गते गृहजिल्ला डडेल्धुरा जाने भएका छन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

१७ गतेदेखि सुरु हुने चार दिने कार्यक्रमका लागि देउवा जिल्ला आउने कार्यक्रम रहेको काँग्रेस डडेल्धुराका सभापति भीमबहादुर साउँदले जानकारी दिए ।

उनकाअनुसार यहाँको चारदिने कार्यक्रम सकेर देउवा फेरि काठमाडौं फर्किने र निर्वाचनको केही दिन अगाडि पुनः जिल्ला फर्किने छन् । यसअघि देउवाले एउटामात्रै निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा श्रीमती आरजु राणा देउवा मार्फत् मनोनयन दर्ता गराएका थिए ।

ताजा समाचार

सम्बन्धित समाचार