Saturday, July 27, 2024

फुटबल खेलाडी प्रिजेन तामाङलाई ब्लड क्यान्सर

प्रकाशित:

महेन्द्रनगर । १३औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण जितेका फुटबल खेलाडी प्रिजेन तामाङलाई ब्लड क्यान्सर देखिएको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

दुई महिनाअघि क्यान्सर पत्ता लागेपछि ललितपुरस्थित नेपाल क्यान्सर अस्पतालले भारत रेफर गरेको थियो । नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा पहिलो चरणको किमो दिएपछि हाल उनी नेपाल फर्किएका छन् ।

अब दोस्रो चरणको किमो दिन फेरि भारत जानुपर्नेछ । ‘क्यान्सर पत्ता लाग्न नै समय लाग्यो । नेपालमा ढिला हुने भएपछि एपोलो अस्पताल गएका हौं,’ प्रेजनका दाई दिमसन तामाङले अनलाइनखबरसँग भने, ‘पहिलो किमो दिएपछि फर्काउने रहेछ ।

दोस्रो चरणका लागि नोभेम्बर १० को समय दिनुभएको छ, फेरि जानुपर्छ ।’ प्रेजनको क्यान्सर कुन स्टेजको हो भन्ने थाहा हुन बाँकी छ ।

पहिलो चरणको उपचारको सम्पूर्ण रिपोर्ट नलिँदै नेपाल फर्किएको हुनाले अर्कोपल्ट जाँदा मात्र क्यान्सरको अवस्थाबाट थाहा लाग्ने दिमसनले बताए । ‘चावपर्वको बेला भएकोले सबै कुरा हतारमै थियो । पूरा रिपोर्ट कुर्दा हाम्रो फ्लाइट छुट्ने भयो,’ दिमसनले भने ।

प्रिजेनलाई दुई महिनाअघि ज्वरो आएको थियो । सुरुमा भाइरलको अनुमानमा सिटामोल खाँदा लामो समयसम्म निको नभएपछि नर्भिक अस्पतालमा उनको प्रारम्भिक उपचार भएको थियो । त्यहाँ रगतमा खरावी नदेखिएको रिपोर्ट आएको दिमसनले बताए ।

ज्वरो निको नभएपछि मोडल अस्पतालमा पुनः परीक्षण गरिएको थियो । बायोप्सी गर्दा रक्त क्यान्सरको पत्ता लागेको हो । मोडलबाट नेपाल क्यान्सर अस्पताल र त्यहाँबाट एपोलो अस्पतालमा रेफर भएपछि प्रिजेनको क्यान्सर उपचार सुरु भएको हो ।

अचानक क्यान्सर देखिँदा परिवारले अरु केहि सोच्नै सकेनन् । उपचारकै हतारो हुँदा फुटबलका सरोकार निकायले पनि प्रिजेनको स्वास्थ्यबारे ढिला जानकारी पाएका हुन् ।

फुटबलको अभिभावक संस्था अखिल नेपाल फुटबल संघ ९एन्फा० र उनले खेल्ने फ्रेण्ड्स क्लबले दिल्लीबाट फर्किएपछि मात्रै उनको स्वास्थ्यबारे जानकारी पाएका हुन् । ‘सबै कुरा अचानक भयो, कसैलाई केही भन्नै भ्याइएन,’ दिमसनले भने ।

पछिल्लो समय प्रिजेनले ए डिभिजन लिग खेलेको क्लब फ्रेण्ड्सले पनि सामाजिक सञ्जालमार्फत २४ वर्षीया आफ्ना फरवार्डको सिघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले आफूले पनि समाचारबाटै प्रिजेनको स्वास्थ्यबारे थाहा पाएको बताए । ‘उनको अस्वस्थताबारे एन्फामा आधिकारिक जानकारी आएको छैन ।

आवश्यक अवस्थामा सहयोग प्रक्रिया अगाडि बढाउनेछौं,’ खड्काले प्रेजनको बुबासँग यस विषयमा छलफल गर्ने बताए ।
उपचारका लागि नेपालदेखि भारतसम्म पुग्नुपरेपछि खर्चको हिसाव राख्न प्रिजेनको परिवारले भ्याएको छैन ।

काभ्रे घर भएका प्रिजेन र उनका दाजु हाल जडिबुटीमा फुपुको घरमा बसेका छन् । एन्फा एकेडेमीका उत्पादन प्रिजेनले नेपालका लागि उमेर समूहको राष्ट्रिय टोलीहरु ९यू-१८, यू-१९, यू-२३०बाट खेलिसकेका छन् ।

नेपालले सन् २०१७ मा भुटानमा भएको दोस्रो संस्करणको साफ यू-१८ च्याम्पियनसिप जित्दा उनी टिमका सदस्य थिए । २०१९ मा १३औं दक्षिण एसियाली खेलकुदअन्तर्गत फुटबलको स्वर्ण नेपालले जित्दा उनी टिमका सदस्य थिए । त्यसपछि प्रिजेन राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा बोलाइएका थिए ।

प्रिजेन डेढ वर्षअघि पहिलोपल्ट आयोजना भएको फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग ९एनएसएल०को च्याम्पियन टिम काठमाडौं रेजर्सका स्ट्राइकरसमेत हुन् ।

 

ताजा समाचार

सम्बन्धित समाचार