Saturday, July 27, 2024

पुर्वमन्त्री मगरलाई दक्षिणी क्षेत्रका महिलाको आर्शिवाद

प्रकाशित:

महेन्द्रनगर । आगामी मंसिर ४ मा हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि फेरी कञ्चनपुर निर्वाचन क्षेत्र १ बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट पुर्व खानेपानीमन्त्री समेत रहेकी माओवादी युवा नेतृ बिना मगर प्रतिनिधी सभा सदस्यका लागि चुनावी मैदानमा होमिएकी छिन ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट संघीय तर्फ पुर्वमन्त्री बिना मगर र प्रदेश सभा तर्फ संविधान सभा सदस्य दिवान सिह विष्ट र थारु अगुवा नेता बन्धु राना प्रत्यक्ष तर्फका उम्मेदवार छन । क्षेत्र १ मा बाम लोकतान्त्रिक गठबन्धनले चुनावी अभियान निरन्तर जारी राखेको छ ।

बाम लोकतान्त्रिक गठन्धनका उम्मेदवार त्रय मगर, विष्ट र राना क्षेत्र १ का ग्रामिणबस्तीमा निरन्तर चुनावी प्रचार प्रसारमा हिडेका छन ।

जहाँ पुर्वमन्त्री मगर जान्छिन, त्यहाँका जनता उत्साहित भएर मगरलाई आर्शिवाद दिईरहेका छन । दक्षिणी क्षेत्रका महिलाले फेरी महिला नेतृ मगरलाई दोस्रो पटक निर्वाचित गराएर शक्तिशाली मन्त्री बन्न आर्शिवाद दिईरहेका छन ।

निर्वाचन क्षेत्र १का बेलौरी, बेलडाँडी, पुनर्वास र लालझाडी जहाँ सुकैका जनता फेरी बिना मगरलाई अवसर दिनुपर्ने धारणा राखिरहेका छन ।

बेलौरीकी प्रमिला चौधरीले चुनावी अभियानमा पुर्वमन्त्री मगरलाई स्वागत गर्दै यस अघि निर्वाचित भएर दक्षिणी क्षेत्रका महिलाको शान, मान राख्नुभयो, फेरी अर्को पटक जिताएर दक्षिणका महिलाको उत्थानका लागि लाग्नु सुझाव दिनुभयो ।

पुनर्वासका सन्तोषी तामाङ्गले बिना मगर दक्षिणी क्षेत्रको सान भएको बताईन । ‘यो क्षेत्रबाट जितेर संघीय सरकारको मन्त्री भएकी बिनाले पुनर्वास सहित दक्षिणी क्षेत्रको सीमादेखि पूर्वाधार विकासका लागि थुप्रै काम गर्नुभयो, ‘तामाङ्गले भनिन, ‘स्मरणयोग्यदेखि सम्बृीद्धका योजना छन ।’

भारतीय पक्षबाट पटक पटक सीमा अतिक्रम, हस्तक्षेप हुने गरेको र अहिले पुनर्वासदेखि बेलडाँडीसम्म सशस्त्र प्रहरीका ९बिओपी० विस्तार भएका छन । ‘बिना मगरले ०७४मा चुनाव जितेपछि ठाँउ ठाँउमा हाम्रो मातृभूमि र नेपाली जनताको सुरक्षाका लागि सशस्त्र प्रहरी राख्यो, ‘उनले भने, ‘यो ऐतिहासिक काम भएको छ ।’

लालझाडीका रमेश रानाले बिना मगरले जितेपछि सडक, पुल पुलेसा एव पूर्वाधार विस्तार भएको बताए । ‘हामी लामो समयदेखि दोदा नदीबाट प्रतारित थिए, ‘उनले भने, ‘बिना मगर जितेपछि दोदा नदीमा पुल निर्माणदेखि तटबन्ध निर्माण भएको छ ।’

बेलडाँडीका जनक उपाध्यायले बिना मगर जितेपछि हुलाकी सडक मार्फत बेलडाँडी र कैलाली कञ्चनपुर सदरमुकाम जोड्ने काम गरेको बताए ।

बिना मगरले चुनाव जितेपछि दक्षिणी क्षेत्रको भौतिक विकास, सीमा सुरक्षा लगायतका शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, पर्यटन, खेलकुद, लगायत विवित क्षेत्रको विकासमा दक्षिणी क्षेत्र बामे सरिरहेको उनीहरुको भनाई छ ।

बिना मगरले अब जितेपछि आरक्षपीडितको पुर्नस्थापना देखि भौतिक पूर्वाधार, शिक्षा, खेलकुद, स्वास्थ्य, खानेपानी सडकदेखि रोजगारीका कार्यक्रम संचालनमा सुझाव दिएका छन ।

०७०मा पराजित भएकी बिना ०७४मा निर्वाचित भएकी थिईन । फेरी ०७९मा संसदको यात्रा तयगरेकी छिन । क्षेत्र १मा ५० हजार ५७२ महिला र ४८ हजार ५३८ पुरुष मतदाता गरी जम्मा ९९ हजार ११०मतदाता रहेका छन ।

ताजा समाचार

सम्बन्धित समाचार