Saturday, July 27, 2024

म निर्वाचित भएकै वर्ष बेलौरी-कलुवापुर राजमार्ग धमाधम ‘पिच’ हुन्छः नेता साउँद

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नं. २ का लोकतान्त्रिक वाम गठबन्धनका साँझा उम्मेदवार, पूर्व मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउँदले एमालेले कञ्चनपुर–२ बाट सांसद जित्दा कामको नाममा सिन्को भाच्न नसकेको बताएका छन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

दुई तिहाईको ओली नेतृत्वको सरकारमा झण्डै साढे ३ वर्ष बस्दा सम्म एमालेबाट निर्वाचित सांसद नरबहादुर धामीले कुनै गतिलो काम गर्न नसकेको बताए ।

आफुले ठेक्का प्रक्रियामा लगाएको बेलौरी–कलुवापुर राजमार्ग कालोपत्रेको कामबाटै सांसद धामी असक्षम सिद्ध भइसकेको नेता साउँदले बताए । बेलौरी–कलुवापुर राजमार्गको नाम परिवर्तन गरेर मदन आश्रित राजमार्ग राख्न बाहेक अन्य केही गर्न नसकेको नेता साँउद बताए ।

‘सबैले बेलौरी–कलुवापुर राजमार्ग भनेर चिन्छन्, धामीले मदन आश्रित राजमार्ग बनाए,’ उनले भने, ‘नाम मात्रै मदन आश्रित राख्ने, विकास बजेट बछुट्याउने ?, नरबहादुर धामीको यहि काम गराईका हिसाबले बेलौरी–कलुवापुर राजमार्ग कालोपत्रे हुँन अझै ७ ओटा पञ्च वर्षिय योजना हाल्नु पर्छ ।’

सांसद धामीले बेलौरी कलुवापुर राजमार्ग जति निर्माण गनु भएको छ, त्यहि गतिले गर्ने हो भने उनलाई ३५ वर्ष लाग्ने व्यंग्य गरेका छन् । उद्यपी आफु निर्वाचित भएको खण्डमा पहिलो वर्ष देखि नै निर्माणको काम द्रुत गतीमा भएन, भने आफुले ठेकेदारलाई समेत निकालिदिने नेता साउँदले प्रतिबद्धता व्यक्त गरेका छन् ।

आफु सांसद हारेकै बेला समेत आफुले कञ्चनपुर निर्वाचन क्षेत्र नं. २ का लागि १० औं करोडका तटबन्धका योजनाहरु ल्याएको नेता साउँद बताउछन् । जग्गा नापीका सन्दर्भमा पनि नेता साउँदले भने, ‘हामीले जग्गा नाप जाँचको काम अगाडी बढाएका थियौं, तर एमालेका नेताहरुले निर्वाचन आयोगलाई भनेर काम बन्द गराए ।’ उनले थपे, ‘बादरले आफ्नो घरपनि बनाउदैन, अरुको नि बनाउन दिदैन, एमालेले त्यस्तो गरेको छ, तर मंसिर ४ गते पछि तपाईहरुको हात हातमा जग्गाको जग्गा धनी प्रमाणपत्र पुग्छ ।’

स्थिर सरकारका निर्माणका लागि गठबन्धन:

लोकतान्त्रिक वाम गठबन्धन चुनाव सम्मका लागि मात्रै नभएर स्थिर राष्ट्रिय सहमतीको सरकार चलाउनका लागि भएको नेपाली कांग्रेसका नेता साउँदले बताएका छन् । गठबन्धन भित्रका सबै पार्टीहरु संग आ–आफ्नो जनाधार भएको हँुदा एकजुट भएर देशमा सहमती सहितको स्थिर सरकार निर्माण गर्न लोकतान्त्रिक वाम गठबन्धनका साँझा उम्मेदवारहरुलाई विजय गराउन उनले आग्रह गरेका छन् ।

कञ्चनपुरको कलुवापुरमा आयोजित एक कार्यक्रममा नेता साउँदले कांग्रेस, माओवादी, समाजवादी, जनमोर्चा कुनैपनि पार्टीले बहुमत सिटमा प्रतिस्पर्धा नगरिरहेको हुँदा स्थिर सरकारका निर्माणका लागि अहिलेका सत्ता गठबन्धन पार्टीहरुको आश्वकता पर्नेहुँदा पाँच वर्ष सम्म गठबन्धन कायम रहने बताए ।

यस निर्वाचनमा कांग्रेसको भोटले मात्रै कांग्रेस र माओवादीको भोटले मात्रै माओवादी नजित्ने आवस्था रहेको बताउदै नेता साउँदले दुवै पार्टीले एक अर्कालाई भोट दिएर जिताउनु पर्ने बताए ।

गत निर्वाचनमा नेपाली कांग्रेसले आफुलाई २५ हजार भोट दिएको र त्यसले मात्रै चुनाव नजितिएको उनी बताउछन् । माओवादी संग पनि १७ हजारको हाराहारीमा भोट भएको हुँदा कांग्रेसले माओवादीबाट उम्मेदवार बनेका ओम विक्रम भाट (सरल) र माओवादीका साथीहरुले आफुलाई मतदान गरेमा चुनाव सहजै जितिने नेता साउँदको तर्क छ । त्यस पश्चात मात्रै क्षेत्र नं. २ मा हसिया हतौडा र रुखवालाहरुले झण्डा फहराउन पाउने उनले बताए ।

ताजा समाचार

सम्बन्धित समाचार