२०८० आश्विन १६, मंगलवार |
Tuesday, October 3, 2023

बाढीबाट बस्ती जोगाउन नसके अर्को पटक भोट माग्न आउँदिनः लेखक

प्रकाशित:

Advertisements
Advertisements

महेन्द्रनगर । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले महाकाली पारीको दोधारा चाँदनी नगरपालिकामा जोगबुढा नदी कटान नियन्त्रण पाँच वर्षमा गर्न नसके अर्को पटक भोट माग्न नआउने बताएका छन्।

कञ्चनपुर निर्वाचन क्षेत्र नं। ३ बाट वाम–लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका नेता लेखकले आइतबार दोधारा चाँदनी नगरपालिका वडा नं। १० मा आयोजित चुनावी कार्यक्रममा बोल्दै आगामी पाँच वर्षभित्र स्थानीय जोगबुढा नदीबाट बस्ती जोखिममा पर्न नदिने प्रतिवद्धता व्यक्त गरेका हुन्।

‘हामीलाई जिताएर पठाउनुहोस, यहाँको नदी कटानको समस्या बाँध बाँधेर जोगाउन सकिएन भने अर्को पटक भोट भोट माग्नै आउँदिन’ लेखकले भने, ‘यहाँको नदी कटान नियन्त्रणका लागि प्रतिवद्धता व्यक्त गर्दछु।’

Advertisements

ताजा समाचार

Advertisements

सम्बन्धित समाचार