Saturday, July 27, 2024

आउँदो मंसिर ४ मा हुने प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा चुनाव लड्दै बेल बहादुर राना

प्रकाशित:

महेन्द्रनगर । नेपाली कांग्रेस कञ्चनपुरका नेता तथा निर्वाचन क्षेत्र नं. ३ (२) बाट लोकतान्त्रिक वाम गठबन्धनका साँझा उम्मेदवार बेल बहादुर राना प्रदेश सभा सदस्यका लागि प्रतिस्पर्धी बनेका छन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

दोधारा चाँदनी बासीको हकहित र उत्थानका लागि निरन्तर आवाज उठाउँदै आएका राना यस पटक आउँदो मंसिर ४ मा हुँने प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा चुनाव लड्दै छन् ।

एक्कै माओवादीका ५ जनासाथी मिलेर म यो ठाउँबाट उम्मेदवारी दिदै छु “उनले भने ।” दोधारा चाँदनीमा आज भएको घरदैलो कार्यक्रममा उनले ५ गठबन्धनको उम्मेवार प्रदेश सभाबाट चुनाव लड्दै बताए ।

बेल बहादुरको प्राथमिकतामा दोधारा चाँदनी जहिले पनि पर्दै आएको छ ।  स्थानीय गाउँ ठाउँमा राजनीति गर्दा सबै महाकाली वारीका दाजु भाई आफ्नै परिवारको सदस्य भए जस्तो अनुभुती हुने गरेको उनी बताउछन् ।

“उनले भने कुनै ठाउँमा तपाईका एमाले सुरेन्द्र बिष्ट साथीहरु पनि हुनुहुन्छ, होला उहाँलाई म के भन्न चाहान्छु, कि हिजो नगरपालिकामा हुदा उहाँले के गर्नु भयो भन्ने कुराहरु मैले हिजो अस्तिको कार्यक्रममा भनेको थिए । हिजो त्यो नगरपालिकामा मेयर हुदाँ ५१,५२ करोड रुपैँया बजेट आएको थियो । तर आएको बजेटलाई ऋणमा ढुँवाएर गएका छन् ।

त्यहीँ तपाईँको नगरपालिकामा आज हाम्रा पार्टीका सभापती तथा भीमदत्त नगरपालिकाका मेयर पदम बोगटी उहाँले आज यो ठाउँमा काम गर्न सक्ने अवस्था छैन ।

पुरानो ऋण तिर्दा तिर्दै उहाँको दुई ,तिन वर्ष सम्म ऋण तिर्न नै ठिक्क हून्छ , यस्तो अवस्था भीमदत्त नगरपालिकाको बनाएर छोडेका छन् उनले भने ।”

ताजा समाचार

सम्बन्धित समाचार