Saturday, July 27, 2024

बेलौरी खजुरीया भारतीय सीमा नाकाबाट दुई जना युवतीहरूको उद्धार

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरकै बेदकोट नगरपालिका वडा नम्बर ५ धरमपुर घर भएका १७ वर्षीया किशोरी र २० वर्षीया युवतीलाई शनिबार दिउँसो बेलौरी खजुरीया सीमा नाका भएर भारत जान लागेको अवस्थामा उद्धार गरिएको शान्ति पुनर्स्थापना गृह सम्पर्क कार्यालय बेलौरीका परामर्शदाता नितु बिष्टले जानकारी दिए ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

भारत जान लागेका एकैघरका दिदीबहिनीहरूलाई शङ्का लागी सोधपुछ गर्दा लेखपढ गर्न नजान्ने, घरपरिवार कसैको पनि सम्पर्क टेलिफोन नम्बर थाहा नभएको, कहाँ जान लागेको भन्ने पनि जानकारी नभएको र अपरिचित व्यक्तिले भारतमा रोजगारीका लागि प्रेरित गरेकोले आफूहरू बेलौरी नाकाबाट भारत जान लागेको खुल्न आएपछि बेचबिखनको जोखिममा पर्न सक्ने भन्दै उहाँहरूको उद्धार गरिएको बताए ।

उद्धार कार्यमा शान्ति पुनर्स्थापना गृहसँगै सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी, भारतीय सीमा सुरक्षा बल र स्थानीय जनप्रतिनिधिको महत्त्वपूर्ण भूमिका रहेको छ ।

उद्धारपछि दुवै जनालाई शनिबार बेलौरी स्थित अल्पकालीन सुरक्षित आवास गृहमा राखिएको र आइतबार बिहान उहाँहरूका बुवालाई बोलाई जिम्मा लगाइएको शान्ति पुनर्स्थापना गृह सम्पर्क कार्यालय बेलौरीले जनाए ।

भारतसँग सीमा जोडिएका कञ्चनपुरका विभिन्न क्षेत्रमा शान्ति पुनर्स्थापना गृहले सम्पर्क कार्यालय स्थापना गरी मानव बेचबिखन रोकथाम र जनचेतना प्रवाहलाई प्राथमिकता दिएको शान्ति पुनर्स्थापना गृह कञ्चनपुरका संयोजक सञ्जीत सिंहले बताए ।

ताजा समाचार

सम्बन्धित समाचार