Thursday, March 28, 2024

बाम लोकतान्त्रिक गठबन्धनले निर्वाचन सम्पर्क क्षेत्रीय कार्यालय उद्घाटन गरे

प्रकाशित:

महेन्द्रनगरर । आइतबार कञ्चनपुर निर्वाचन क्षेत्र ३ अन्र्तरगत भीमदत्त नगरपालिका ६ नम्बर वडामा बाम लोकतान्त्रिक गठबन्धनले प्रादेशिक निर्वाचन सम्पर्क क्षेत्रीय कार्यालय उद्घाटन गरेको छ ।

बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट निर्वाचन क्षेत्र ३ प्रतिनिधी सभा सदस्यका उम्मेदवार रमेश लेखक, क्षेत्र ३ (क) प्रदेश सभा सदस्यका उम्मेदवार टेकेन्द्र प्रशादले संयुक्त रुपमा वडा कार्यालय उद्घाटन गरेका छन ।

बाम लोकतान्त्रिक गठबन्धनको चुनाव प्रचार प्रसारका लागि वडा कार्यालय उद्घाटन गर्दै प्रतिनिधी सभा सदस्यका उम्मेदवार रमेश लेखकले संविधानको रक्षादेखि स्थानीय विकास र सम्बृद्धिका लागि बाम लोकतान्त्रिक गठबन्धन जिताउनुको विकल्प नभएको बताए ।

काँग्रेस केन्द्रीय सदस्य समेत रहेका लेखकले माओवादी र काँग्रेसविच ऐतिहासिक राजनीतिक सहकार्य हुँदै आएको बताए । ‘मुलुकमा १२ बुँदे सहमतीदेखि संविधान निर्माणसम्म माओवादी र काँग्रेसको नेतृत्वविच ऐतिहासिक सहकार्य भएको छ, ‘उनले भने, ।

‘विगतमा काँग्रेस सभापति स्व. गिरिजा प्रशाद कोईरला र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) विच १२ बुँदे सहमती भयो, ‘लेखकले भने, ‘अहिले माओवादी अध्यक्ष प्रचण्ड र काँग्रेस सभापति शेर बहादुर देउवाविच संविधान जोगाउने कार्यकार्य भएको छ ।

’ दुवै पार्टीले एक अर्का बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई मत हाल्नका लागि कुनै हिचकिचाहट नमानेर बहुमत दिलाएर जिताउनुपर्ने आब्हान गरेका छन ।

बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट क्षेत्र ३ (क) प्रदेश सभा सदस्य टेकेन्द्र प्रशाद भट्टले माओवादी, काँग्रेसविच भएको सहमती अनुरुप संविधानको रक्षा र प्रतिगमनबाट मुलुक बचाउनका लागि गठबन्धन भएको बताउँदै बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार जिताउनका लागि वडा, टोल, घर घरमा खटिन आब्हान गरेका छन ।

काँग्रेस केन्द्रीय सदस्य तथा समानुपातिक उम्मेदवार यज्ञराज जोशीले मुलुकको आवश्यकता अनुरुप गठबन्धन भएकाले कुनै हिचकिचाहठ नमानेर बाम लोकतान्त्रिक गठबन्धनका उम्मेवारलाई भारी मत दिलाउन आब्हान गरेका छन ।

कार्यक्रममा बाम लोकतान्त्रिक गठबन्धन निर्वाचन परिचालन समिति क्षेत्र ३ (क) का संयोजक पदमराज अवस्थी र सह संयोजक दिपक साउद (शिखर) ले आफ्नो निर्वाचन क्षेत्रमा बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार जिताउने प्रतिबद्धता जाहेर गरेका छन ।

 

ताजा समाचार

सम्बन्धित समाचार