Saturday, July 27, 2024

अबको प्रधानमन्त्री पुष्पकमल दाहाल नै : बाबुराम भट्टराई

प्रकाशित:

महेन्द्रनगर । गोरखाको सिरानचोक गाउँपालिकाको चित्रेपोखरीमा मतदाता भेटघाट कार्यक्रममा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले आगामी चुनावपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री बन्ने बताएका छन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

०६४ सालमा र ०७४ सालमा भएका दुई निर्वाचनमा यहाँका जनाताहरुले आफूलाई भारी मतका साथ विजयी बनाएको बताए ।

तर अब पार्टी र संगठनमा अरु कुनै ढंगबाट सक्रिय रहने उनले बताए । अब मैले बिदा लिन्छु । एउटै मान्छै सधैं पदमा बस्न सक्दैन र हुँदैन पनि म अब अरु कुनै ढंगले सक्रिय हुनेछु, उनले भने ।

आफूले निर्वाचन जितेपछि बाटो घाटो निर्माण र विकासका कामहरु भएको र केही बाँकी रहेको पनि उनले बताए ।

तस्बिरहरू :

यस्तै, गठबन्धनको सरकार पाँच वर्ष चल्नेर अबको प्रधानमन्त्री पुष्पकमल दाहाल हुने उनले बताए । प्रचण्ड दुई पटक प्रधानमन्त्री भइसक्नु भएको छ । उहाँ सुयोग्य व्यक्ति हो, उनले भने, अबको सरकार पाँच वर्ष गठबन्धनले चलाउँछ । अबको प्रधानमन्त्री प्रचण्ड हो ।

यस्तै, प्रदेशसभामा कांग्रसका सुरेन्द्रराज पाण्डे उठेको र उनको जित हुने उनले बताए । अबको मुख्यमन्त्रीमा पाण्डेको सम्भावना रहेको उनले बताए ।

माओवादी अध्यक्ष दाहाल प्रतिनिधिसभा र कांग्रेसका पाण्डे प्रदेशसभा सदस्यमा गोरखा २ बाट आगामी मंसिर ४ मा निर्वाचनमा उठेका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार