Saturday, July 27, 2024

राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवार केशव थापा मगरलाई सघाउने निर्णय सत्तारुढ गठबन्धनले गरे

प्रकाशित:

महेन्द्रनगर । रुपन्देही क्षेत्र नम्बर २ मा गठबन्धनका उम्मेदवारको उम्मेदवारी खारेज भएपछि राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवार केशव बहादुर थापा मगरलाई सघाउने निर्णय सत्तारुढ गठबन्धनले गरे ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

गठबन्धनले समर्थन गरेपछि थापाबारे एका एक चर्चा र चासो सुरु भएको छ । उनको बारे केही बुझ्ने प्रयास हामीले गरेका छौँ । सत्ता गठबन्धनले समर्थन गरेका थापा बुटवल उपमहानगरपालिका वडा ८ मा स्थायी बासिन्दा हुन् ।

विद्यालय अध्ययन गर्दा देखि राजनीति लागेका नेता थापाले २०४४ सालमा प्रगतिशील विद्यार्थी सङ्गठनका इकाई कमिटी हुँदै मार्क्सवादी राजनीतिक यात्रा सुरु गरेका थिए ।

केशव सूर्यवंशी समेत नामले चिनिने थापाले २०५१ सालमा जनमुक्ति पार्टीमा प्रवेश गरेका थिए । बुटवलको एक सरकारी विद्यालयमा ५ वर्षसम्म पढाएका थापा केही वर्ष पत्रकारिता समेत रमाएका थिए ।

बुटवलबाट प्रकाशित नयाँ राज्य सत्ता साप्ताहिक,बुद्ध सन्देश साप्ताहिक,सङ्घीय एक्सप्रेस अर्घ साप्ताहिक लगायतमा काम गरेका थिए ।

२०२७ सालमा बुटवलमा जन्मिएका थापाले १६ वर्षको उमेरमा राजनीतिमा प्रवेश गरेका हुन् । मार्क्सवादी राजनीतिबाट जनमुक्ति पार्टीमा लागेपछि २०५३ सालमा शिक्षक पेसाबाट राजीनामा दिएर पूर्णकालीन रूपमा राजनीतिमा होमिएका हुन् ।
जनमुक्ति पार्टीको २०५६ सालदेखि केन्द्रीय सदस्य भएका थापा त्यसपछि पार्टीको नेतृत्वमा कहिल्यै पछाडि फर्कनु परेर । बरु कतिपय पादहरूमा दोहोरिएरसम्म काम गर्ने अवसर पाएका छन् ।

उनी उपमहासचिव, सचिव, दुई कार्यकाल महासचिव भएका थिए । २०७८ साल भदौमा भएको छैटौँ महाधिवेशनयता उक्त पार्टीको कार्यकारी अध्यक्ष छन् ।

एकीकृत समाजवादी पार्टी उम्मेदवार राजु गुरुङलाई बैंकिङ कसुरमा कालो सूचीमा परेको भन्दै निर्वाचन आयोगले उम्मेदवारी बदर गरेपछि सत्ता गठबन्धनको साथ थापालाई रहेको छ ।

थापाको पार्टीले शनिबार पत्रकार सम्मेलनमा रुपन्देही अन्य क्षेत्रमा गठबन्धनलाई समर्थन गर्ने सहमति भएको बताएको छ । गठबन्धनले थापालाई समर्थन गरेपछि यहाँ एमालेका उपाध्यक्ष विष्णु पौडेलसँग मुख्य प्रतिस्पर्धा हुने छ ।

गठबन्धनको जोड नै पौडेललाई पराजित गर्ने रहेको एकीकृत समाजवादीका लुम्बिनी प्रदेश सचिव राजु गुरुङले पत्रकार सम्मेलनमा बताएका थिए ।

थापालाई कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, लोसपा पार्टीको समर्थनमा थापाले पौडेललाई कडा टक्कर दिने अनुमान गरिएको छ ।

गठबन्धन दलहरुले थापालाई आगाडि सारेर पौडेलसँग भिडाउँदा स्थानीय तहको मतको आधार हेर्दा प्रतिस्पर्धा हुने देखिए पनि थापाको व्यक्तित्व र केन्द्रमा पहुँच कम भएकोले पौडेलसँग तुलना गर्न नमिल्ने ठान्नेहरू पनि छन् ।

स्थानीय निर्वाचनमा जनमुक्ति पार्टीले बुटवलमा एमालेलाई समर्थन गरेको थियो । गत स्थानीय निर्वाचनमा तिलोत्तमा नगरपालिका कांग्रेससँग तालमेल गरेको थियो ।

गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा रुपन्देही–२ अन्तर्गतका वडामा वडा अध्यक्ष पदका उम्मेदवारले पाएको मतका आधारमा यो क्षेत्रमा गठबन्धनको नेतृत्वकर्ता कांग्रेस पहिलो पार्टी बनेको थियो ।

कांग्रेसले ३४ हजार ९५९, एमालेको ३३ हजार १८७, राप्रपाको ३ हजार ९२०, माओवादी केन्द्रले ३ हजार १८८, एकीकृत समाजवादीले एक हजार ३८२ र जसपाको १८३ मत देखिन्छ ।

राष्ट्रिय जनमुक्ति पार्टीका वडाअध्यक्ष पदका उम्मेदवारले पाएको मत दुई हजार ७० छ । यो मतमा सत्तारुढ गठबन्धनमा आवद्ध दलहरूको मत जोड्दा ४१ हजार ५९९ मत हुन्छ ।

जबकि एमाले–राप्रपा–जसपा गठबन्धनसँग ३७ हजार २९० मतमात्र देखिन्छ । बुटवल उपमहानगरपालिकाका १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, ११, १२ र १३ वडा पर्दछन् ।

यस्तै, सैनामैना नगरपालिकाको वडा नम्बर १, २, ३ र ४ तथा तिलोत्तमा नगरपालिकाको वडा नम्बर १, २, ३, ४, ५, ६ नम्बर वडा पनि यसै क्षेत्र अन्तर्गत पर्दछन् ।​ (रातोपाटी)

 

ताजा समाचार

सम्बन्धित समाचार