२०७९ माघ २४, मंगलवार |
Tuesday, February 7, 2023

कञ्चनपुरको कलुवापुरबाट एनपी साउँदले आज एकसाथ सम्बोधन गर्दै

प्रकाशित:

महेन्द्रनगर । वाम लोकतान्त्रिक गठबन्धनले कञ्चनपुर निर्वाचन क्षेत्र नं. २ मा आज एकै पटक ३० वटै वडाहरुमा वृहत कार्यक्रम आयोजना गर्दैछ । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्यका उम्मेदवार एनपी साउँदले उक्त कार्यक्रालाई कलुवापुरबाट एकसाथ सम्बोधन गर्ने कार्यक्रम रहेको स्वकीय सचिव दिपक जोशीले बताए ।

कञ्चनपुर क्षेत्र नं. २ मा लोकतान्त्रिक वाम गठबन्धनले चुनावी प्रचार प्रसारका कार्यक्रमहरु भव्य रुपमा गर्दै आएको छ । जनमानसमा एस पटक लोकतान्त्रिक वाम गठबन्धनका सयुक्त उम्मेदवारहरुलाई विजय गराउने उत्साह बढेको स्थानीय पदम बिष्टले बताए ।

आरक्ष पिडितका समस्या समाधान देखि कृषकहरुकालागि मलखाद, रोजगारी, शिक्षा, स्वास्थ्य तथा विद्युतको पहुँचका लागि कांग्रेस नेता एनपी साउँदले पहल गर्ने बताउदै आएका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार