Saturday, April 20, 2024

कञ्चनपुरमा नेविसंघले देखायो सक्रियता

प्रकाशित:

महेन्द्रनगर । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले कञ्चनपुरमा गतिविधी तिव्र पारेको छ । नेपाली कांग्रेस एवं लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारहरुलाई विजय गराउनका लागि नेविसंघ कञ्चनपुरले सक्रियता बढाएको उपाध्यक्ष बिक्रम बुडाले बताए ।

शनिवार कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ (२) का विद्यार्थीहरुको भेला गर्दै नेविसंघले पार्टीका उम्मेदवारलाई विजय गराउनका लागि खटिन निर्देशन गरेको हो । दोधारा चाँदनीमा एक कार्यक्रम आयोजना गर्दै विद्यार्थी नेताहरुलाई आसन्न मंसिर ४ को चुनाव सम्म अवनरत खटिनका लागि परिचालन गरिएको क्षेत्र नं. ३ (२) का निर्वाचन परिचालन समितिका संयोजक ईश्वर जोशीले बताए ।

उक्त कार्यक्रममा नेविसंघका नेता बुडा, अशोक सिंह बिष्ट, सञ्जय अधिकारी, गोकर्ण महरा, नरेश पण्डीत लगायतका विद्यार्थी नेताहरुको उपस्थिती रहेको थियो ।

ताजा समाचार

सम्बन्धित समाचार