Saturday, July 27, 2024

महाकाली पारीको बस्ती दोधारा चाँदनीः सीमाको अर्को पिलर बेलबहादुर

प्रकाशित:

महेन्द्रनगर । नेपाली कांग्रेस कञ्चनपुरका नेता तथा निर्वाचन क्षेत्र नं. ३ (२) बाट लोकतान्त्रिक वाम गठबन्धनका साँझा उम्मेदवार हुन्, बेल बहादुर राना । १७ वर्षको उमेर देखि विद्यार्थी राजनीतिमा होमिएका राना तत्कालिन समयमा नेपाल विद्यार्थी संघ (नेविसंघ) को खम्बाको रुपमा चिनिन्थे ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

दोधारा चाँदनीको भानु माद्यमिक विद्यालयबाट नेविसंघको राजनीति सुरु गरेका राना ०४९ सालमा गाउँ विकास समितिको सदस्य निर्वाचित भएका थिए । ०५४ सालमा उनी दोधारा गाउँ विकास समितिको अध्यक्षमा निर्वाचित भएका थिए ।

नेपाली कांग्रेसका लागि दोधारा चाँदनीको पिलर नै हुन्, उम्मेदवार राना । पार्टीको जिल्ला कार्यसमितिमा रहेर काम गरेको अनभव संगै नेपाली कांग्रेसको ११ औं, १२, १३ र १४ औं महाधिवेशनबाट उनी निरन्तर महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका व्यक्ति हुन् ।

दोधारा चाँदनीबासीको हकहित र उत्थानका लागि निरन्तर आवाज उठाउँदै आएका राना यस पटक आउदो मंसिर ४ मा हुँने प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा कञ्चनपुर ३ (२) बाट प्रदेश सभा सदस्यका लागि प्रतिस्पर्धी बनेका छन् ।

दोधारा चाँदनीमा राजनीतिको क्षेत्रमा सबैका परिचित पात्र हुन्, बेलबहादुर राना । महाकाली पारीको बस्ती दोधारा चाँदनी सम्म केन्द्र सरकारको नजर पुग्न नसकेको समयमा राना मात्रै एक यस्ता पिलर थिए, जसले केन्द्र सरकारको आँखा खोल्न सकेका थिए । झोलुङ्गे पुल देखि विभिन्न ठाउँका कल्र्भट, पुल, पुलेसा तथा महाकाली र जोगबुडा नदीमा तटबन्धको व्यवस्था गर्न दबाव सिर्जना गरेका थिए ।

बेल बहादुरको प्राथमिकतामा दोधारा चाँदनी जहिले पनि पर्दै आएको छ । स्थानीय गाउँ ठाउँमा राजनीति गर्दा सबै महाकाली वारीका दाजु भाई आफ्नै परिवारको सदस्य भए जस्तो अनुभुती हुने गरेको उनी बताउछन् ।

दोधारा चाँदनीमा बेल बहादुर किन ?

–महाकाली नदीको बाधलाई पक्की बनाउने ।

–जोगबुडाको जीरो पोइन्ट देखी कुतियाकभर सम्म, महकाली नदीको जस्तै पक्की बाधको कार्य अगाडी बढाउन ।

–बनबासा नहरबाट दोधारा–चाँदनीमा आउने नहरमा ३५० क्यूसेक पानी भारतले दिने कुरा भएको हुँदा, यो कामलाई पाँच वर्ष भित्र अगाडी बढाउन ।

–किसानका लागि मल खादका समस्याहरु समाधान गर्न ।

–दोधारा–चाँदनीमा खेलकुदका लागि जग्गाको प्रबन्ध संगै पाँच वर्षमा ‘स्टेडियम’ बनाउने कार्य अगाडी बढाउन ।

–दोधारा–चाँदनीमा पक्की पुलको पाटो नभई झोलुङ्गे पुलले जोडिएका गाउँ बस्तीहरुलाई पक्की पुलले जोड्न ।

लोकतान्त्रिक वाम गठबन्धनका साँझा उम्मेदवार बेलबहादुर राना दोधारा चाँदनी ७ का स्थानीय हुन्, भने उनका प्रतिस्पर्धी भीमदत्त नगरपालिकाका निर्वतमान नगर प्रमुख सुरेन्द्र बिष्ट हुन् । बिष्ट नेकपा एमाले कञ्चनपुरका जिल्ला अध्यक्ष समेत हुन् । कञ्चनपुर ३ (२) मा राना र बिष्ट बिच निकै रोचक प्रतिस्पर्धा हुँने आकलन गरिएको छ ।

 

ताजा समाचार

सम्बन्धित समाचार