कञ्चनपुरको बैजनाथ मन्दिरमा दिव्य श्रीकृष्ण महोत्सव २०७९ आज बाट सुरु

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–११ को बैजनाथ मन्दिरमा दिव्य श्रीकृष्ण महोत्सव २०७९ आज बाट सुरु भएको छ ।

आज (सनिबार) बाट सुरु भएको दिव्य श्रीकृष्ण लिला महोत्सव कार्तीक १९ गते समापन हुने मन्दिर समितिका अध्यक्ष बासुदेव पाठकले बताएका छन् ।

राष्ट्रिय पशु गाईमाताको उचित संरक्षण, संम्बर्धन र व्यवस्थापन गर्नेका लागि शान्तिपुर्ण आन्दोलनको शंसघोषणका साथै बाटो बाटोमा तड्पिएर मरी रहेकी गौमाताको सेवार्थ अक्षकोष निर्माण तथा बैजनाथ मन्दिरको समग्र विकासार्थ एव यस भेगका बालकहरुमा आत्यात्मिक नैतिकवान, कर्मनिष्ठ,धर्मवान,राष्ट्रप्रेमी,समाज सेवी एवं उनिहरुलाई आफ्नो मौलिक संकृतीको ज्ञान दिन सम्म सहायक हुने गरी सबै वर्ग समुदायको भावनालाई समेत उजागर गर्ने महानउदेश्यका साथ दिव्य श्री कृष्ण लिलाको आयोजना गरेको बैजनाथ मन्दिर समितिका अध्यक्ष बाशुदेव पाठकले बताएका हुन ।

महोत्सवमा अन्तराष्ट्रिय वैदिक संकृति प्रचारक श्रद्धेय श्री हरीशरण महाराज ज्युले कथा वाचन गर्ने बताईएको छ । प्रत्येक दिन मध्यान्न १ बजे देखी ४ः३० बजे सम्म तथा साझ ७ बजे राष्ट्रिय कलाकारहरुबाट कुष्ण लिला, झाकी, भजन कृतन तथा गाई सम्बन्धी डकुमेन्ट्री प्रदर्शन गरिने व्यावस्थापक समितिले बताएको छ ।

दिव्य श्री कृष्ण महोत्सवमा बोल्दै भीमदत्त नगरपालिका वडा न ११ का वडा अध्यक्ष प्रकाश थापाले पछिल्लो समय हाम्रो कला संकृति दिनप्रतिदिन हराउदै गईरहेको र यसलाई उजागर गर्ने जरुरी रहेको बताएका छन् ।

दिव्य श्रीकृष्ण लिला महोत्सवमा प्रमुख अतिथि भीमदत्त नगरपालिकाका प्रमुख पदम बोगटी रहेका थिए भने विशिष्ट अतिथि कृष्ण जोशी बोक्सर, मन्दिरका संस्थापक अध्यक्ष जेष्ठ नागरिक धर्म राज पाठक, जनप्रतिनिधि, शिक्षक, जेष्ठ नागरिक, लगाएको उपस्थीति रहेको थियो ।

 

 

ताजा समाचार

सम्बन्धित समाचार