Saturday, July 27, 2024

ऐमालेले जित्यो भने केपी शर्मा ओलीले संविधानलाई भत्कायर नै छोड्छन् : नेता लेखक

प्रकाशित:

महेन्द्रनगर । नेपाली काग्रेंसका केन्द्रीय सदस्य,पुर्व मन्त्री तथा कञ्चनपुर क्षेत्र न ३ का उम्मेदावर रमेश लेखकले भीमदत्त नगरपालिका वडा न. १९ मा घरदैलो कार्यक्रममा बोल्दै अब फेरी पनि यो राज्य पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीको हातमा पर्यो भने ओलीले संविधानलाई नच्याती नछोड्ने बताएका छन्।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

मन्त्री लेखकले शर्मा ओली जे कुराको पछि पर्नु हुन्छ नि त्यो कुरालाई नसीध्याई शान्त नबस्ने पुर्व प्रधानमन्त्री ओलीको अठोट रहेकोे बताएका छन् ।

कार्यक्रममा बोल्दै नेता लेखकले आफ्नै पार्टी का नेता भीम रावललाई केप्री शर्मा ओलीले गरेको व्यावहारको उदारण दिदै लेखकले भने अछामबाट भीमरावललाइ टिकट दिनुपर्छ भनेर एमालेको एकल सिफारीस जादा समेत पुर्व गृहमन्त्री समेत भईसकेका भीमरावलले केपी शर्मा ओली अगाडी केही फरक मत राखेकै कारण राललाई टिकट बाटै आवट गरियो ।

लेखकले कञ्चनपुरमा रहेका ऐमालेहरुको पनि अछामका नेता भीमरावलको जस्तै हालत भएको बताउदै केपी शर्मा ओलीको यस्तै हटले यो सम्ंवीधान र व्यावस्था दुर्घटना हुने खत्रा बढेर जादा त्यस कारण यो गठबन्धन भयो ।

यदि कुनै कारण यो संविधान च्यातीयो या यो संविधान फालीयो भने अर्को संविधान बनाउन बिस वर्ष लाग्ने र अर्को बिस वर्ष संविधान बनाउनका लागि जो द्धन्द होला,यो देशमा जुन राजनिति अन्वल्ता होला जुन अस्थरता देशको विकास पछाडि धकेलिने बताएका छन् ।

लेखकले आजको मुल प्रश्न कुन पार्टी कुन पार्टिको मान्छे चुनाव जित्ने मात्र नभईकन यो एक प्रकारको जनमत संग्रह हो त्यसैले यो संविधानलाई जोगाउनु छ भने गठबन्धलाई जिताउन अति आवश्यक रहेको बताएका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार