२०८० मंसिर १३, बुधबार |
Wednesday, November 29, 2023

अध्यक्ष ओलीले दार्चुला घटनाबारे प्रधानमन्त्रीलाई गरे प्रश्न

प्रकाशित:

Advertisements

महेन्द्रनगर । सीमा क्षेत्रमा भारतले सडक विस्तार गर्दा नेपाली बालकको ज्यान गएको घटनाप्रति दुःख व्यक्त गर्दै ओलीले तुइन काटेर गत वर्ष जयसिंह धामीलाई मारिएको घटनामाजस्तै प्रधानमन्त्री देउवाको मौनता कहिले सम्म भन्दै प्रश्न  गरेका छन् ।

हिजो भारतीय पक्षले जिलेटिन बिस्फोट गर्दा ढुंगाले लागेर दार्चुलाको उत्तरपश्चिम व्याँस गाउँपालिका-२ दम्लिङका बालक पवन महराको ज्यान गएको थियो ।

उक्त घटनाको सत्य तथ्य बाहिर ल्याउन, दोषीमाथि कारबाही गर्न र पीडित पक्षलाई क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग अध्यक्ष ओलीले माग गरेका छन् ।

‘ढुंगा लागेर बालकको मृत्यु भएको छ भने १४ वर्षीया बालिका सरिना महरासहित स्थानीय नागरिक घाइते भएका छन् । घटनाको तत्काल छानबिन गरी सत्य तथ्य बाहिर ल्याउन, दोषीमाथि कारबाही गर्न र पीडित परिवारलाई तत्काल क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गर्दछु,’ ओलीले भनेका छन् ।’


ताजा समाचार

Advertisements

सम्बन्धित समाचार