Saturday, July 27, 2024

बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारत्रयको बेलडाँडीमा भेटघाट कार्यक्रम

प्रकाशित:

महेन्द्रनगर । शनिबार बेलडाँडी गाँउपालिका १ लक्ष्मी टोलमा बाम लोकतान्त्रिक गठबन्धन प्रतिनिधी सभा सदस्यका उम्मेदवार बिना मगर, दिवान सिह र बन्धु रानाले बेलडाँडीका स्थानीय नेता कार्यकर्ता सहित जनतासंग भेटघाट कार्यक्रम गरेका छन ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

बाम लोकतान्त्रिक गठबन्धन क्षेत्र १ (ख) निर्वाचन मुल परिचालन समितिका संयोजक चेतन कुमार राईले बाम गठबन्धनका त्रय उम्मेदवारले बेलडाँडीका स्थानीय माओवादी, काँग्रेसका नेता कार्यकर्ता एव जनतासंग छलफल गरेको बताए ।

बेलडाँडीका गाँउपालिका १ बाम लोकतान्त्रिक गठबन्धनका स्थानीय नेता कार्यकर्ताहरुले बाम लोकतान्त्रिक गठबन्धनलार्ई बहुमतका साथ जिताउने प्रतिबद्धता जाहेर गरेका छन ।

नेपाली काँग्रेस बेलडाँडी १ का सभापति एव बाम लोकतान्त्रिक गठबन्धनका नेता रण बहादुर सिहले मुलुकको परिस्थिति अनुरुप बाम लोकतान्त्रिक गठबन्धनमा आबद्ध पार्टीका नेता कार्यकर्ता एक ढिक्का भएर चुनावमा होमिने प्रतिबद्धता जाहेर गरेका छन ।

उक्त कार्यक्रममा राप्रपा बेलडाँडीका नेता रमेश नाथ पाटी परित्याग गरेर काँग्रेसमा प्रवेस गरेका छन । नाथलाई काँग्रेस नेता एव प्रदेश सभा सदस्यका उम्मेदवार दिवान सिह विष्टले पाटी प्रवेस गराएका छन ।

कार्यक्रममा बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार त्रय मगर, विष्ट र रानाले जनताले दिएको मत खेर जान नदिने बचन दिएका छन । स्थानीय विकास निर्माणदेखि राष्ट्रियताका विषयमा दृढ भएर अघि बढ्ने बचन दिएका हुन ।

ताजा समाचार

सम्बन्धित समाचार